नुवाकोट । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ नुवाकोट शाखाको चौथो वार्षिक साधारणसभा तथा “𝗣𝗿𝗼𝗱𝘂𝗰𝘁𝗶𝘃𝗶𝘁𝘆 𝗘𝗻𝗵𝗮𝗻𝗰𝗲𝗺𝗲𝗻𝘁 𝗼𝗻 𝗖𝗹𝗼𝘂𝗱 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲 𝗮𝗻𝗱 𝗔𝗽𝗽𝗹𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻” विषयक आईटी सेमिनार सम्पन्न भएको छ ।
क्यानले स्थापनाकालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी गराउने कार्यको साथै सामाजिक कार्य गर्दैं आइरहेको छ ।
कार्यक्रममा क्यानको संस्थागत गतिविधि तथा प्रगतिमाथि छलफल हुनुका साथै प्राविधिक कक्षा समेत सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले विदुर नगरपालिकाले प्रवाह गर्ने सेवा प्रविधिमैत्री बनाउन क्यान नुवाकोटसँग सहकार्य र समन्वय गरिने प्रतिबद्धता व्यत्त गरे ।
सो अवसरमा क्यान महासंघ केन्द्रीय सदस्य भानुभक्त शर्माले सूचना प्रविधिको विकासको लागि क्यान नेपालले माईक्रोसफ्टको समन्वयमा शैक्षिक तथा सरकारी क्षेत्रको लागि निःशुल्क रुपमा माईक्रोसफ्ट ३६५ प्रदान गरिरहेको जानकारी दिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदै आएको छ । शर्माले सूचना प्रविधिको उपयोग भन्दा दुरुपयोग बढेको भन्दै पछिल्लो समय सामाजिक सञ्जालको उपयोगिताभन्दा दुरुपयोग भईरहेको भन्दै शर्माले प्रविधिको उचित प्रयोग गरेर आयआर्जनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा क्यान महासंघ नुवाकोटका अध्यक्ष पवन नेपालले वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गरेका थिए ।
क्यान नेपाल बागमती प्रदेशका उपाध्यक्ष सन्तोषजनक भुसालको सहभागिता रहेको कार्यक्रममा क्यान नुवाकोटका सचिव नारायणकुमार घलेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्यान चितवनका अध्यक्ष टेकलाल भुषाल , रसुवाका स्थानीय तहका कम्प्युटर अपरेटर, प्याब्सनका पदाधिकारी, शिक्षक, विद्यार्थी, व्यवसायी लगायतको सहभागिता रहेको कार्यक्रममा माईक्रोसफ्ट कम्पनीको ३६५ सफ्टवेयरको उपयोगिता र प्रयोगबारे सचिनजंग कार्कीले प्रस्तुतिकरण गरेका थिए ।
साधारणसभा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष पवन नेपालको अध्यक्षतामा सम्पन्न भएको हो ।