चितवन । तीजको अवसर पारेर चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुन गईरहेको मेलामा विदेशी उत्पादन प्रर्दशन एवं बिक्री गर्न नपार्ईने भएको छ । यी भदौ २२ गतेदेखि २४ गतेसम्म तीज विशेष उद्यमशील मेलामा महिला उद्यमीले उत्पादन गरेका वस्तुमात्र बिक्री बितरण गरिन लागिएको हो । चितवन उद्योग संघ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग संघ युवा उद्यमी मञ्च र महिला सिर्जनशील केन्द्रको संयुक्त आयोजनामा हुन लागेको मेलामा महिला उद्यमीशीलतालाई प्रर्वद्धन गर्ने उद्धेश्य सहित मेला हुन लागेको हो ।
पर्वलाई उद्यमशीलतासँग जोड्नका लागि तीज विशेष उद्यमशील एक्स्पो गर्न लागिएको आयोजकले मंगलबार पत्रकार सम्मेलनगरी जानकारी दिएको छ ।
मेलामा महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रदर्शनी, तीज विशेष सांस्कृतिक कार्यक्रम र उद्यमी बीच विभिन्न विषयमा सेमिनार एवं अन्र्तक्रिया हुने चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती कुंँवरले बताईन । मेलामा महिलाले उत्पादन गरेका र स्थानीय उत्पादनलाई नै प्रर्दशन गरिनेछ , कुंँवरले भनिन, विदेशी उत्पादनलाई समावेश गरिएको छैन ।
मेलामा नेपाली हस्तकलाका सामान, तीज विशेष सामाग्री, स्वदेशी लत्ता कपडा, जुत्ता चप्पल, गिफ्ट आइटम, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङ लगायतका वस्तु तथा सेवाको प्रदर्शन हुने कुंँवरले जानकारी दिइन । मेलामा ६० भन्दा बढी स्टल रहने र प्रति स्टल भाडा २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
अपांँग , भूमिहिन १० जना महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । मेलाबाट बढी मुनाफा गर्ने भन्दा यो संकटको बेला महिला उद्यमीलाई प्रोत्साहन र प्रर्वद्धन गर्ने हाम्रो उद्धेश्य हो । अध्यक्ष कंडेलले भने ।
मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने तीन दिनमा १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।