गुञ्जनगर । सोच परिवर्तन नेपाल र चितवन आवाजको संयुक्त आयोजनामा तिन दिने निशुल्क उद्घोषण तालिमआइतबार बाटगुञ्जनगरमा सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर १८ का वडाअध्यक्षबाबुराम रानाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रमको उद्घाटन गर्दै रानाले बोल्नेको पिँठो नि बिक्छ नबोल्नेको चामाल पनि बिक्दैन भन्दै आजको समय भनेको बोल्नेको समय रहेको बताउनुभयो । अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस किसिमको तालिमहरू आयोजना गर्न पनि वडाअध्यक्ष रानाले आग्रह गर्नुभयो ।अझै उपयोगी र सिर्जनशील कार्यक्रम सञ्चालन गरेमा वडाले सधैँ साथ र सहयोग गर्ने पनिउहाँले बताउनुभयो ।
कुनै पनि कार्यक्रम संचालन गर्न तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएकोसोच परिवर्तन नेपालका अध्यक्षशिवराज कंडेलले बताउनुभयो ।
क्षमता बिकास गर्ने हाम्रो प्रमुख उदेश्य भएको र उदेश्य पक्कै पूरा हुने भन्दै सबैलाई तालिमबाट सक्दो लाभ उठाउन समेत कंडेलले आग्रह गर्नु भयो ।
कार्यक्रममा मुस्कान लाइफ समुहका अध्यक्ष घनश्याम ढकाल, न्यायिक समिति सदस्य सुर्य ढकाललगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । चितवन आवाजका सञ्चालकविनोद अधिकारीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा सुस्मिता न्यौपानेलेस्वागत मन्तव्य राख्नु भएको भने चितवन आवाजकी संवददाता निशा थापा मगरले सहजिकरण गर्नुभएको थियो । तालिममा ३० जना भन्दाबढीको सहभागिता रहेको आयोजकले बताएको छ ।भाद्र १७ गते देखी १९ गतेसम्म सञ्चालन हुने तालिमको पहिलो दिनमा संजय देवकोटाले प्रशिक्षण दिनुभएको थियो ।