चितवन । बालकुमारी उच्च माध्यमिक विद्यालय व्यवस्थापनको अध्यक्षमा गोपाल भट्टाराई चयन हुनु भएको छ । सोमबार अभिभावक, बुद्धिजीवि र वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट सहित बसेको व्यवस्थापन सहितको बैठकले भट्टराईलाई सर्वसम्मत चयन गरेको हो ।
नवगठित समितिका सदस्यहरुमा पदेन सदस्य वडा अध्यक्ष मनोज रानाभाट रहनुभएको छ भने सदस्यहरुमा नारायण परियार, शिव अधिकारी ,धनशिला न्यौपाने, पार्वती घर्ती, सनुजा श्रेष्ठ, सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवमा बिद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटा रहनु भएको छ ।
सो क्रममा प्रतिक्रिया दिदै भट्टराईले विद्यालयको भौतिक पूर्वाधार तथा गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर नराख्ने बताउनु भयो । पूर्व विद्यार्थी समेत रहनु भएका भट्टराईले शिक्षामा समान पहुंँच पुरयाउने उद्धेश्य सहित विद्यालय प्रशासनसंँग समन्वय गरी विद्यालयको स्तरोन्नतिको लागि अघि बढ्ने बताउनु भयो ।
भट्टराई अटोमोबाइल क्षेत्रका प्रतिष्ठित व्यवसायीको रुपमा चिनिनुहुन्छ । उहांँ हाल चितवन चेम्बर अफ कर्मस का उपाध्यक्ष, नाडाका केन्द्रिय सदस्य एवं अन्य संघसंस्थामा पदाधिकारीको रुपमा काम गर्दै आउनु भएको छ । उहांसंँग विभिन्न संघसंस्थासंँग काम गरेको लामो अनुभव छ । सामाजिक कार्यमा समेत सक्रिय भट्टराई युवामाझ बढी लोकप्रिय हुनुहुन्छ ।