चितवन । अघिल्लो महिनासम्म दूध उत्पादनमा चरम घाटा बेहोरेपनि साउन लागेपछि चितवनका किसानको दूध बिक्रीको अनुपात बढेको छ ।
दूधको उत्पादनको तुलनामा माग बढ्दै जांँदा चितवनमा दूधको खपत बढ्दै गएको हो । तर निशेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूधको उत्पादन घटेको किसानहरुले बताएका छन ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ का किसान इन्द्रमणी गैरे साउन लागेपछि दुधको खपत अनेपेक्षित रुपमा बढेको बताउंँनुहुन्छ । ‘ पूर्ण निशेधाज्ञा हुंँदा नत घरवालाले माग्थे नत डेरी पसलनै पूर्णसमय खुल्थे उहांँले भन्नुभयो , पहिले बजार आफैले लैजादा फर्काउनुपथ्र्यो अहिले उत्तिखेर बिक्री हुन्छ ।’ उहांँले हाल आफ्नो घरमा दैनिक ४० लिटर दुध उत्पादन हुंँदै आएकोमा सबै दूध बिक्री भएको बताउनु भयो ।
चितवनमा कतिपय किसानले सिधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दुध पुरयाउंँदै आएका छन त कतिपय किसानले दुग्ध सहकारी मार्फत दुध बिक्री गर्दै आएका छन ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कंडेल खपत बढेको भन्दा पनि यो समय उत्पादननै कम भएको बताउंँनुहुन्छ । ‘अहिले माग त छ दुध उत्पादन नै छैन उहांँले भन्नुभयो , निशेधाज्ञा अघि दैनिक ३ हजार लिटर दुध संकलन थियो अहिले पन्ध्रसय लिटर संकलन छ ।’
राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपतमात्र बढेको नभई उत्पादन कम हुंँदा अभावकै अवस्था देखिएको बताउांनुहुन्छ । ‘निशेधाज्ञाले किसान पनि घटे, दुध उत्पादन पनि घट्यो ,उहांँले भन्नुभयो , उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रै जस्तो देखिएको मात्र हो ।’ बिशेषगरी साउन महिनामा हिन्दुहरुको चाड पर्व र व्रत वस्ने प्रचलन भएकोले दुधको खपत बढेको उनले बताउनु भयो ।
सामान्यतया साउन महिना यता उत्पादन घट्ने र खपत बढ्ने महिना भएकोले दूधको माग र आपुर्तिमा सन्तुलन नमिलेको हो ।
चितवनमा अन्य समयमा दैनिक ३ लाख ३० हजार लिटरसम्म दुध उत्पादन हुने गरेको भएपनि हाल करीब ३ लाखको लिटरको हाराहारीमा दुध उत्पादन हुने गरेको छ । ‘अहिले गाईभैसी ब्याउने बेला भएकोले दूधको उत्पादन कम र खपत बढ्ने महिना पनि हो ।’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले भन्नुहुन्छ ।
हाल घरघरमै दूधको माग र खपत बढी भएकोले पनि बजारमा दूध अभावजस्तै भएको उहांँले बताउनु भयो । उहांँका अनुसार अन्य समयमा चितवनमा कुल दूध उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बांँकी अन्य जिल्लामा पठाउने गरिएपनि यो महिनामा आधा यही खपत हुने गरेको र आधा बाहिर पठाइने गरिएको छ । ‘गर्मीको समयमा दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निशेधाज्ञा खुकुलो भएपछि मानिसको गतिविधि लगायत सबै बढेपछि दूधको खपत पनि स्वतः बढ्नेनै भयो ।’ वगालेले भन्नुभयो ।’
यसपटकको ४५ दिनको निशेधाज्ञामा मात्र दूध बिक्री नभएर चितवनमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयांँ बराबरको नोक्सान बेहोरेको किसानहरुले बताएका थिए ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध भएका ११० वटा दुग्ध सहकारी छन भने यहांँ करीब ४० हजार जना किसानले दूध बेच्ने गर्दछन् ।