चितवन । नेपाली कांँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले भ्रष्टाचारका विषयमा कांँग्रेस निर्मम भएर लाग्ने बताउनु भएको छ । आज नेपाली कांँग्रेस, चितवनको पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा कांँग्रेसले अदालतको निर्णय सहर्ष स्वीकार गर्ने बताउनु भएको हो । ‘भ्रष्टाचारको विषयमा कांँग्रेस संवेदनशील छ ,उहांँले भन्नुभयो, अदालतको जे भर्डिक्ट आउंँछ त्यो मान्न तयार छ ।’ आफ्ना पार्टीका शिर्षस्थ नेता भ्रष्टाचारको आरोपमा मुछिएपनि अदालतले गरेको निर्णय स्वीकार गर्ने उहांँको भनाई थियो ।
पूर्वगृहमन्त्री बालकृष्ण खांँडको बिषयमा सोधिएको जिज्ञासामा उहांँले भन्नुभयो, ‘कांँग्रेस रुल अफ ल फलो गर्ने पार्टी हो , यसमा कुनै हस्तक्षेप र आग्रह र पुर्वाग्रह हुदैन ।’ उहांँले भन्नुभयो । अख्तियार दुरुपयोग आयोगको परिकल्पना कांँग्रेसले गरेको भन्दै उहांँले अदालतको निर्णय नआईन्जेल सम्म आरोपीलाई निलम्बन गर्न नसकिने उहांँले बताउनु भयो ।
सुनकाण्डका बिषयमा सरकारले अनुसन्धान गरिरहेको भन्दै यसमा कांँग्रेसको पूर्ण समर्थन रहेको उहांँले बताउनु भयो । ‘बल्ल त प्रक्रिया अघि बढिसकेको छ , अब विस्तारै अरु कुरा पनि खुल्दै जान्छ । समातिदै जान्छन ।’ उहांले भन्नुभयो ।
सो क्रममा बोल्दै कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सबैभन्दा ठूलो दल कांँग्रेस भएको भन्दै भ्रष्टाचारका विषयमा कांँग्रेसले सरकारलाई साथ र समर्थन गरेको बताउनु भयो । कांँग्रेस बलियो बनाउनको लागि जनताको पक्षमा आफूले आवाज उठाउंँदै आएको उहांँले बताउनु भयो । कार्यक्रममा कांँग्रेसका पूर्व सांँसद, पूर्व प्रदेशमन्त्री, पूर्व मन्त्री लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला सभापति राजेश्वर खनालको सभापतित्वमा सम्पन्न भएको हो ।