चितवन । गैंडाकोटमा सञ्चालित मौलाकाली केबलकारले मन्दिर जाने दर्शनार्थीलाई छुट दिने भएको छ । कम्पनीले दर्शनार्थी एवं धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्धेश्य सहित छुट अफर ल्याएको हो । जसअनुसार हाल साताको बुधबार अपरान्ह २ बजेदेखि टिकटमा ५० प्रतिशत छुट गरिएको छ । यही साउन देखि लागू हुने गरी यो अफर शुरु गरिएको मौलाकाली केबलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिए ।
‘केबलकारबाट दर्शन गर्ने ईच्छुक हुनेलाई सातामा एकदिन मात्र छुट ंगर्दापनि धेरै राहत र सहुलियत पनि हुन्छ’ पौडेलले भन्न्भयो, दर्शनार्थी र धार्मिक पर्यटक पनि बढ्छन ।’ हाल केवलकारको दुइतर्फी टिकट शुल्क ५५० कायम गरिएको छ । छुट सुविधा अनुसार २७५ रुपैंयामामै दुइतर्फी यात्रा गर्न सकिनेछ ।
यो छुट सुविधाले सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्ने अवसर मिल्नुका साथै , दर्शनार्थीहरुलाई दिउसो पनि मन्दिर दर्शन गर्न प्रेरित गर्ने मेनेजर पौडेलले बताए । केबलकार सञ्चालनमा आएसंँगै दर्शनार्थीको संख्यामा पनि बृद्धि भएको छ । केबकारमा औषत दैनिक आठसय जनाले यात्रा गर्ने गरेको कम्पनीको भनाई छ ।
गतबर्षको तुलनामा २५ प्रतिशतले बढी दर्शनार्थीको संख्यामा बृद्धि भएको मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए ।
यसअघि बर्षात र अत्यधिक गर्मीका कारण दर्शनार्थीको संख्या न्यून रहेपनि केबलकार सञ्चालनमा आएसंँगै अफसिजनमा पनि दर्शनार्थीको संख्या कम नभएको अध्यक्ष सापकाृेटाको भनाई छ ।
धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि दर्शनार्थीहरुलाई सेवा दिंदै आएको छ ।
शनिबार र अन्य बिदाका दिनमा बिहान सांँढे पांँच बजेदेखि केवलकार संचालन हुंँदै आएको छ ।