चितवन । सौराहामा नेपालका विभिन्न अस्पतालमा कार्यरत न्यूरोसर्जनबीच सर्जन विषयमा भए गरेका नविनतम प्रविधि र अभ्यासबारे अन्र्तक्रिया गरिएको छ । नेप्लीज सोसाईटी अफ न्यूरो सर्जनको आयोजनामा शनिबार उनीहरु बीच ज्ञान साटासाट र अनुभब आदान प्रदान गरिएको हो । सो अवसरमा पांँचजना न्युरो सर्जनले नेपालमा न्युरो सर्जनबीच भएका हेड इन्जुरी,स्पाइनल इन्जुरी र पार्किसन्स जस्ता जटिल रोग उपचार अभ्यास र नवीनतम प्रविधिको प्रयोग बारे प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरण दिदै पुरानो मेडिकल कलेज भरतपुरका न्यूरो सर्जन डाक्टर बिनोद भट्टराईले पछिल्लो समय न्यूरो सर्जनका बिषयमा भएका नवीनतम प्रविधिले उपचारमा सहज हुदै गएको बताए । ‘नेपालमा पनि न्यूरो सम्बन्धी टेक्नोलोजी धेरै भित्रिसकेका छन , उनले भने , जसले गर्दा उपचार पद्धतिमा सहज र निको हुने दर पनि बढेको छ ।’
केही बर्ष अघि न्यूरो सर्जन उपचारका लागि काठमाडौं र विदेश जाने बाध्यता रहेता पनि हाल न्यूरो सर्जनका विशिष्टीकृत सेवा चितवनमा पनि हुने गरेको उनले जानकारी दिए । पुरानो मेडिकल कलेजमा पनि देशका पूर्वी र पश्चिम जिल्लाका विरामीहरु न्यूरोका बिरामी आउने गरेको र उपचार सफल दर र निको हुने बिरामीको संख्यामा पनि बृद्धि भएको उनको भनाई थियो ।
अन्नपूर्ण न्युरो अस्पताल,काठमाडौंका चिकित्सक डाक्टर जेसिका शाक्यले नेपालमा जटिल रोगका उपचारमा परिवर्तन र थप अनुसन्धान भईरहेको जानकारी दिइन् । प्रस्तुतीकरण दिंँदै उनले प्रविधिले गर्दानै पार्किन्सन्स जस्तो जटिल रोगको उपचार पनि नेपालमा सफल भईरहेको बताईन । उनले जटिल रोग पार्किन्सन्सको उपचार पद्धति र औषधि बारे प्रस्तुती दिएकी थिईन् ।
कार्यक्रममा सोसाईटीका अध्यक्ष डाक्टर सुदन ढकालले हरेक महिना यो क्षेत्रका चिकित्सक, अनुसन्धनकर्ता बीच ज्ञान साटासाट, अनुभव र प्रविधिको प्रयोग बारे अन्र्तक्रिया गर्दै आएको बताए । ‘यस्ता अन्र्तक्रियाले चिकित्सकबीच ज्ञानसाटासाट र अनुभव पनि साटासाट हुन्छ ,उनले भने , र यस क्षेत्रका चुनौतिलाई सरोकार निकायबीच पुरयाउन पनि मदत पुग्छ ।’
न्यूरो रोग र उपचारविधिका बारेमा बिरामी एवं सेवाग्राहीलाई अवगत गराई उनीहरुको उपचारमा सहज पहुंँच पुर्याउन पनि कार्यक्रम फलदायी हुने अध्यक्ष ढकालको भनाई थियो ।
कार्यक्रममा न्यूरो सर्जनको बारेमा डाक्टर शशी भुषण शाह, रेडियोलोजिष्ट डाक्टर विष्णु सिग्देल र डाक्टर सुनील मुनाकोमीले प्रस्तुतिकरण दिएका थिए । हाल यो संस्थामा सयजनाभन्दा बढी चिकित्सक सर्जनहरु आबद्ध रहेका छन ।