चितवन । नारायणगढ मुग्लिन सडक खण्ड अन्र्तगत कालीखोलामा पहिरो जांँदा सडक एकतर्फी सञ्चालन भएको छ ।
आज अपरान्ह पौने २ बजे ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ स्थित कालीखोलामा माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक डिभिजन कार्यालय संँग प्रहरीले समन्वय गरी सडक खुलाउने प्रयास गरिरहेको छ । सो स्थान मुग्लिन बजारबाट ५ किलोमिटर नारायणगढ तर्फ पर्दछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु