चितवन । भरतपुरमा रहेको नारायणी स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको छ ।भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित उक्त विद्यालयका विद्यार्थी सन्दीप पौडेल र प्रयुना सुयालले ४ जिपीए ल्याएका छन् ।
चितवन जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थीहरु ६ जना मध्ये नारायणी पब्लिकका २ विद्यार्थीले ४ जिपीए ल्याएको स्कुलका प्राचार्य बेदराज न्यौपानेले जानकारी दिनुभयो ।
उहांँका अनुसार यो स्कुलबाट ७९ जनाले एसइइ दिएकोमा सबै उतीर्ण भएका छन् ।एसइइ दिएका अन्य विद्यार्थीहरुको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयका प्रचार्य न्यौपानेले बताउनु भयो ।
३.६ देखि ४ जीपीए ल्याउने १९ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने २४ जना २.८ देखि ३.२ जीपीए ल्याउने २७ जना, २.४ देखि २.८ जीपीए ल्याउने ७ जना रहेको विद्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु