चितवन । भरतपुर महानगरपालिकाले आगामी चार बर्ष भित्र सिङ्गो महानगरपालिकालाइ बालमैत्री महानगरको रुपमा घोषणा गर्ने लक्ष्य अनुसार धमाधम केही वडाहरुलाइ बालमैत्री वडा घोषणा गरिरहेको छ । आर्थिक बर्ष २०८३÷०८४ सम्ममा महानगरका २९ वटै वडालाई बालमैत्रि बनाउने गरि महानगरपालिका तयारीमा जुटिसकेको छ । यसका लागि महानगरपालिकाले २६ बुदे घोषणापत्र समेत जारी गरिसकेको छ ।
यसै क्रममा महानगरले बुधबार पनि निकै तामझामका साथ वडा न २३ लाई तेस्रो बालमैत्री वडाको रुपमा घोषणा गरेको छ । आशा अनाथालय नेपालको आर्थिक सहयोगमा वडा न २३ लाई बालमैत्री वडाको रुपमा घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय बाल अधिकार समितिका सयोजक समेत रहेका नगर उप प्रमुख चित्रसेन अधिकारीले एक भब्य समारोहका बिच वडा न २३ लाई तेस्रो बालमैत्री वडाको रुपमा घोषणा गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख अधिकारीले हाम्रो भरतपुर राम्रो भरतपुर बनाउने उद्वेश्यले महानगरका सबै वडाहरु बालमैत्री वडाको रुपमा घोषणा गरिदै जाने बताउनु भयो । ‘अब एक पछि अर्को गर्दै क्रमशः महानगरका सबै वडा बिस्तारै बालमैत्रि वडाको रुपमा घोषणा हुने छन । उप प्रमुखले भन्नु भयो, अहिले भरतपुर महानगरपालिकाले एक दुई वटा वडालाइ बालमैत्री वडाको रुपमा घोषणा गरिरहेको छ अब छिट्टै नै २९ वटै वडालाइ बालमैत्रि वडाको रुपमा घोषणा गर्ने गरि महानगर अगाडि बढेको छ ।’ महानगरलाइ सुन्दर, शान्त, भयरहित साथै बालमैत्री महानगरको रुपमा हेर्न चाहेको उहांँको भनाई छ।
भरतपुर महानगरपालिका बागमती प्रदेशकै सम्भवत पहिलो बालमैत्री महानगरको रुपमा घोषणा हुने छै उहाँले घोषणा पक्षलाई सफल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको समेत बताउनु भयो । ‘घोषणा गर्नु महत्त्वपूर्ण पक्ष होईन त्यसपछिको व्यवस्थापन पक्ष अझ महत्वपुर्ण र अर्थपूर्ण रहने देखिने उहांले बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर २३ का अध्यक्ष बालमैत्री वडा घोषणा कार्यक्रम अभियान भएको भन्दै यस अभियानमा तपाई हामी सबै जुट्न जरुरी रहेको बताउनु भयो । सबै जनप्रतिनिधि र आम नागरिकले यस अभियानलाई आफ्नै सोचेर काम नगरे सम्म अभियानले पुर्णता नपाउने पनि अध्यक्ष दवाडीको भनाई छ । वडा न २३ मा हाल दुई हजार ५ सय ५६ जना बालबालिकाहरु रहेका छन् ।
यसैबीच भरतपुर महानगरपालिकाले असार २२ गते शुक्रबार एभरेस्ट लनिङ्ग एकेडेमीको आर्थिक सहयोगमा वडा न २१ लाई पनि बालमैत्री वडाको रुपमा घोषणा गर्ने तयारी गरेको छ ।
यस अघि भरतपुर महानगरपालिकाले वडा न १३ लाई दोस्रो बालमैत्रि वडाको रुपमा घोषणा गरिसकेको छ । भरतपुर महानगरपालिकाको समन्वय तथा हिमालयन लाईफको आर्थिक सहयोगमा महानगरपालिकाको वडा न १३ लाई दोस्रो बालमैत्री वडाको रुपमा घोषणा गरिएको हो । त्यस्तै २०७६ साल असार २५ गते वडा नम्बर १४ लाई पहिलो बालमैत्री वडाको रुपमा घोषणा गरिएको थियोे । त्यस्तै साबिक भरतपुर उप महानगरपालिका हुँदा वडा नम्बर ९ लाई बालश्रम मुक्त वडाको रुपमा घोषणा गरिएको थियोे ।
बालमैत्री वडाको रुपमा घोषणा हुनलाइ बालबालिकाको क्षेत्रमा रहेका विभिन्न ५१ वटा सुचकहरु पूरा गर्नु पर्छ, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शुशिला वाग्लेले भन्नु भयो । बालमैत्री वडा घोषणा हुन पाँच बर्ष मुनिका बालबालिकाहरुको जन्म दर्ता पूरा भएको हुनुपर्ने, सबै बालबालिकाहरुले पुर्ण रुपमा खोप लगाएको हुनुपर्ने, बालमैत्रि सरचनाहरु निर्माण भएको हुनुपर्ने लगाएतका ५१ वटा सुचकहरु पार गरेपछि मात्रै बालमैत्रि वडाको रुपमा घोषणा गर्न मिल्छ,प्रमुख वाग्लेले भन्नु भयो ।
भरतपुर महानगरपालिकाले हाल अभिभावक बिहिन तथा कुनै पनि साहारा नभएका ११ जना बालबालिकाहरुलाइ प्रदेश सरकारको आर्थिक सहयोगमा मासिक २ हजारका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यस बर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागी ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेब ढकालले जानकारी दिनु भयो ।
कार्यक्रममा भरतपुर १० का अध्यक्ष एवं सामाजिक बिकास समिति सयोजक परमेश्वर खनाल,१३ का अध्यक्ष प्रकाश दवाडी,प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्की, २३ का वडा सदस्य अन्जु परियार,स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाका निर्देशक शान्ता कुमारी पौडेल,योजना महाशाखा प्रमुख ओम प्रसाद पाण्डे,विभिन्न पार्टीका प्रतिनिधिहरु,नगर बाल संजालका सचिब स्वस्तिका पाठक लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ (१) ले बालबालिकाको सम्बन्धमा कानुन बनाउने अधिकार पनि स्थानीय सरकारलाइ दिएको छ ।