भरतपुर – ब्राइटस्टार इंग्लिस स्कुल र वाल्मिकी शिक्षा सदन भरतपुरमा जारी हानामी अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज (शुक्रबार) सम्पन्न खेलमा ब्राइटस्टारले होली भिजन र वाल्मिकी ग्रीनल्याण्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । आजको पहिलो सेमिफाइनलमा ब्राइटस्टारले होली भिजनलाई २-० ले पाखा लगायो ।
यस्तै आजको दोस्रो सेमिफाइनलमा वाल्मिकीले ग्रीनल्याण्डलाई ४-० ले पाखा लगायो । उपाधि भिडन्त शनिबार हुनेछ । भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु