भरतपुर । चम्पानगरमा रहेको हिमालय दण्डपाणि न्यौपाने उच्च माध्यमिक विद्यालयमा दुई दिने उद्घोषण तालिम आयोजना गरिएको छ।
विद्यार्थीको वालकलासंगै सिर्जनात्मक क्षमताको विकासका लागि शुक्रबार र शनिबार विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत तालिमको आयोजना गरिएको हो ।
विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक रामहरी ढकालले विद्यालयसंगै गाउँ समाजमा आयोजीत कार्यक्रम र आफ्ना कुरा समाजमा गएर निर्धक्क रुपमा प्रस्तुत तालिम सफल हुने बताएका छन् । तालिमको सिकेका कुराले उद्घोषण कलाको विकास हुने उनले बताए ।
विद्यार्थीहरुलाई उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने गुण, आत्मविश्वस कसरी बढाउने, औपचारिक र अनौपचारीक कार्यक्रम सञ्चालनका विषयमा जानकारी दिने प्रशिक्षक एवम् नयाँ पत्रिकाकामा कार्यरत पत्रकार विवेक पोख्रेलले जानकारी दिए ।
तालिमको पहिलो दिन पोख्रेलसँगै सिनर्जी एफ.एमका रविन सुवेदीले विद्यार्थीलाई प्रशिक्षण गरेका थिए । तालीममा ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ।
विद्यालयका प्राचार्य भानुभक्त सुवेदीका अनुसार विद्यालयमा पछिल्लो समय पढाईंसंगै अतिरिक्तपलाई जोड् दिदैँ आएको छ। जस अनुसार तेक्वान्दो र भलिबल खेलको नियमित प्रशिक्षण विद्यालयले विद्यार्थीलाई प्रदान गरिरहेको छ। यस्तै, नृत्य र बाध्यबाधनको परिक्षणमा पनि विद्यालयले चासो दिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १३, चम्पानगरमा रहेको यो विद्यालय जिल्लाकै उत्कृष्ट मध्येको एक सामुदायिक विद्यालय हो ।