भरतपुर – भरतपुर महानगरपालिका २३ मा एक हप्ते क्रिकेट प्रशिक्षण कार्यक्रम हुने भएको छ । भरतपुर २३ वडाकार्यालय, वडा स्तरीय खेलकुद समिति र भरतपुर क्रिकेट क्लवको सहकार्यमा जेष्ठ ३१ देखि असार ६ गतेसम्म उक्त कार्यक्रम हुने भएको हो ।
वडास्तरबाटै नै क्रिकेट खेलको विकासका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको वडाध्यक्ष दीपक दवाडीले बताउनुभयो । प्रशिक्षणमा वडा भित्रका १९ वर्ष मुनिका खेलाडीहरु सहभागी हुन सक्ने दवाडीले जानकारी दिनुभयो । उनीहरुके नि:शुल्क नाम दर्ता गराउन सक्नेछन् । प्रशिक्षण बिहान ६:३० बाट ९ बजेसम्म हुनेछ ।
प्रशिक्षणका लागि वडाध्यक्ष दवाडीले खेलकुद समितिका अध्यक्ष संगम जोशी र राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीलाई खेल सामाग्री हस्तान्तरण गर्नुभयो । प्रशिक्षणका लागि प्राविधिक तयारी पूरा भएको जनाईएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु