सूर्यप्रसाद अधिकारी,चितवन । पछिल्लो समय विश्वभरम मानव र पशुपंँक्षीमा अनुचित प्रयोग ले मानवजगतमा समस्या थपिदै गएको छ । कुनैरोगको उपचार तथा निदानका लागि मानिसहरुले एन्टीबायोटिकको प्रयोग गर्दा मानव स्वास्थ्य थप खतरा बढ्दै गएको हो । विज्ञहरुले गरेको अध्ययन अनुसन्धान अनुसार एण्टीबायोटिक अनुचित र नियमित प्रयोगले मानिसलाई मृत्युको मुखमा पुर्याउने गरेको छ । भरतपुरमा शुक्रबार स्वास्थ्य मन्त्रालयको आयोजना तथा युएसएआईडीको आर्थिक सहयोगमा एण्टि माईक्रोवियल रेसिस्टेण्ट बिषयक कार्यशालामा विज्ञ तथा जानकारहरुले एण्टीबायोटिकले मानव स्वास्थ्य गम्भिर समस्या थपिएको बताएका हुन् ।
युएसएआईडीका फोकल पर्सन डाक्टर सन्तोष दुलालले एण्टीबायोटिक को प्रयोग कोभिडभन्दा बढी महामारीको रुपमा फैलिएको बताए । प्रस्तुतीकरण दिदै डा दुुलालले यो महामारी विश्वका विकासोन्मुख र गरीब देशमा बढी भएको उनको भनाई छ । २०२२ मा गरिएको एक अध्ययन अनुसार विश्वमा एण्टीबायोटिक प्रयोगले ५० देखि ७० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये एशियाली देशहरुमा मात्रै एकबर्षमा ४७ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । यसको प्रयोगलाई रोक्न नसके सन् २०५० सम्ममा एण्टीबायोटिकको प्रयोग बर्षेनी १ करोड मानिसको मृत्यु हुने प्रक्षेपण गरिएको अनुसन्धानले देखाएको छ ।
अधिकांश चिकित्सकले रोग चांँडै निको बनाउने र बिरामीलाई सहज बनाउने हेतुले अनुचित रुपमा एण्टीबायोटिकको प्रयोग गर्दा मानव शरीररले पछि बिरामी पर्दा उक्त एण्टीबायोटिकको मात्राले काम नगर्ने र मात्रा बढाउंँदै लैजादा बिरामी थप गम्भिर बन्दै जाने र मृत्यु हुने गरेको छ ।
मानिसमा लाग्ने ७५ प्रतिशत रोग पशुपंक्षीबाट सर्ने भएकोले र जनावरको मासु मानिसले प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरेको गुणस्तर महाशाखाका प्राविधिक राजकुमार पाण्डेले बताए ।
‘पशुपंक्षीमा समेत एण्टीबायोटिकको प्रयोग अत्यधिक छ, यसको मासु खांँदा एकातिर रोगको जोखिम त छदैछ अर्को कुरा एण्टीबायोटिकले काम समेत नगर्ने भएको छ ।’ उनले भने । अनुसन्धान अनुसार एण्टीबायोटीकको प्रयोगले २०३० सम्ममा विश्वमा २ करोड ४० लाख मानिस गरिबीको रेखामुनी धकेलिने छ । विश्वमा सय खर्ब अमेरिकी डलरको भार पर्ने र ३ दशमलब ८ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा ह्रास आउने अनुसन्धानले देखाएको छ ।
सो अवसरमा प्रस्तुति दिंँदै डाक्टर विवेका श्रेष्ठले पछिल्लो समय गर्भवती महिलालाई इन्जेक्सनको माध्यमबाट सबैभन्दा बढी एण्टीबायोटिक दिइने गरेको बताईन । उनले जनावरको मासुमा भन्दा बढी दूधको प्रयोगले मानिसमा रोग सर्ने समस्या आएको बताउनु भयो । यसको रोकथामको लागि खाद्य र मासुको प्रयोगको लागि एण्टीबायोटिक विरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन ।
युएसएआईडका सहजकर्ता अर्जुन अधिकारीले रोगबाट मर्नेभन्दा एण्टीबायोटिक अनुचित प्रयोगले मर्नेको संख्या भयावह हुंँदै गएको बताइन् । विश्वमा सन् १९८७ बाट नयांँ एण्टीबायोटिकको आविस्कार कम हुंँदै गएपनि यसको प्रयोग अत्यधिक भएको कारण मानिसको मृत्युमा भने कमी नआएको उनको भनाई थियो । ‘नेपालमा यसको अनुचित प्रयोग कतिहुन्छ भन्ने तथ्यांक त छैन । अधिकारीले भनिन, विश्वमा ५० प्रतिशत एण्टीबायोटिक जथाभावी प्रयोग हुंँदै आएको छ ।’
यसको रोकथामको लागि सरकारको नीति, कानुन कार्यन्वयन पक्ष बलियो बनाउनु पर्ने सुझाब दिंँदै जनचेतना फैलाउनु पर्नेमा जोड दिए । यसको न्यूनिकरण र जनचेतनाका लागि मन्त्रालयले देशका मुख्य शहरहरुमा यो कार्यशाला जारी राख्दै आएको हो ।