चितवन । गर्मी नघटेपछि भरतपुर महानगरपालिकामा थप ४ दिन विदा दिने निर्णय गरिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै जेठ ३० गतेसम्म लागि सामुदायिक तथा नीजि विद्यालयलाई विदा गर्र्न निर्देशन दिएको हो ।
केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठन र विद्यार्थीलाई असर पर्ने भन्दै यही जेठ २१ गतेदेखि जेठ २६ गते विदा दिने निर्णय भएको थियो । नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेललले भोलि जेठ २७ देखि जेठ ३० गतेसम्म ४ दिन विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
यसअघि साउने वर्षे विदाबाट कटौती हुने गरि विद्यालयमा बिदा दिईएको उहांँले बताउनु भयो । साथै विदाका दिन पारेर विद्यार्थीहरुलाई खोला , नदी मा पौडी खेल्न , नुहाउन नदिन नदिनका साथै चर्को घाममा बाहिर निस्कन नदिन समेत अभिभावकलाई आग्रह गरेको छ ।
चितवनमा केही दिनदेखि अधिकतम तापक्रम ४१ डिग्री सेन्टिग्रेड सम्म मापन गरिएको थियो ।
यस्तै महानगरले विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी पोखरीहरुमा पौडी खेल्न, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।