नवलपुर । नवलपुरको एक होटलमा संगै बसेकी युवतीको मृत्यु भएपछि युवक फरार भएका छन ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ को शाही प्यालेस होटलमा युवासँगै बसेकी युवतीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एउटै गाउँका मोटरसाइकलमा सँगै आएर सो होटलमा बसेको अवस्थामा १७ वर्षीय युवतीको अचानक निधन भएको थियो ।
कार्यालयका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले र रामग्राम नगरपालिका–१२ शान्ति टोल निवासी करिब १८ वर्षीय युवक अजयराज भरले होटेल लगेकी सोही ठाउँकी युवतीको अचानक निधन भएको हो । युवतीको मृत्युसँगै उनी फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार युवकले युवतीलाई शुक्रबार साँझ ६ बजे मोटरसाइकलमा होटल पु¥याएकोमा साढे ६ बजे अचानक बिरामी भएपछि अटोरिक्सामा बर्दघाटको चौपत्तामा रहेको शहिद स्मृती सामुदायिक अस्पतालमा राति ८ बजे पु¥याएका थिए । अस्पतालमा पुग्ना साथ युवतीको मृत्यु भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीलाई अत्यधिक रक्तश्राव भएपछि निधन भएको पाइएको प्रहरी नायव उपरीक्षक गिरीले बताए । केटीले पेट दुख्यो भनेको र अत्याधिक रक्तश्राव भएपछि युवकले ती युवतीलाई अस्पतालमा पुरयाएका थिए । उनीहरुबीच यौनसम्पर्क भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनापछि प्रहरीले शुक्रबार होटल मालिक ४५ वर्षीय भोजबहादुर थापा र युवक अजय राजभरका काका २८ वर्षीय ब्यासप्रसाद भर र उनले प्रयोग गरेको लु ४ प ८१७६ नम्बरको होण्डा साइन मोटरसाइकल नियन्त्रणमा लिएको छ । हाल घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ । युवतीको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल जिल्ला अस्पताल परासीमा राखिएको छ ।