लन्डन । लण्डनमा बस्दै आएका नेपालीले फेल्थामा उल्लासमय वातावरणमा नयांं वर्ष मनाएका छन ।
जय सन्तोषी मां ज्वेलर्स, हन्स्लो, जय सन्तोषी मांं सुनचांँदी पसल ,जय सन्तोषी मांँ सुनचांँदी शोरुम,र मांँ सुनचांँदी पसल , नारायणगढ,नेपालको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । गत साता सम्पन्न कार्यक्रमको संयोजन हन्स्लो काउन्सिलर तथा पूर्व मेयर विष्णु गुरुङ, सबु सेन्चुरी, दिल घले र हर्क गुरुङले गर्नुभएको थियो ।फेल्थाम एसेम्ली हलमा आयोजित कार्यक्रममा तीनसय भन्दा बढी सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमको प्रमुख अतिथिमा फेल्थाम एण्ड हेस्टन क्षेत्रबाट लेवर पार्टीकी सांसद सीमा मल्होत्रा र विशेष अतिथी हन्स्लो मेयर काउन्सिलर रघवीन्दर सिद्युले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा लन्डनस्थित नेपाली दूतावासका द्धितिय सचिव रामबाबु नेपाल, हन्स्लो काउन्सिल लिडर काउन्सिलर सान्तनु राजावत लगायत नेपाली तथा बेलायतीको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमलाई नयांँ बर्षको शुभकामना दिनुहुंँदै प्रमुख अतिथि सांसद मल्होत्राले नेपालीहरु आफ्नो पेशा व्यवसायमा बढिरहेको भन्दै आफु अत्यन्त खुशी लागेको बताउनु भयो ।
पूर्व गोर्खा सैनिकहरुले बेलायतका लागि गरेको योगदानको उच्च कदर गर्दै समान पेन्सन दिइनुपर्नेमा समेत जोड दिनुभयो ।
काउन्सिलर विष्णु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेयर सिद्यु, दूतावासका द्वितिय सचिव रामबाबु नेपाल, काउन्सिलर गुरुङ लगायतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको दोश्रो खण्डमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमको शुरुवातमा सबु सेन्चुरी र अमृता गिरी गजुरेलले स्वागत नाच प्रस्तुत गर्नुभएको थियो ।
सांँस्कृतिक कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार सानु वाइवा तामाङ, सुनिल लिम्बु र मिलन जलन गायन प्रस्तुत गर्नुभएको थियो भने स्थानीय कलाकार विमला लगायतले अन्य कलाकारले आफ्नो कला प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम आयोजकमध्ये एक सबु सेन्चुरीले हन्स्लो काउन्सिलको मिश्रित सांस्कृतिक कार्यक्रम होस् भन्ने चाहना र नयां वर्ष शुभकामना आदानप्रदान गर्न कार्यक्रम गरिएको उल्लेख गरिन् । भविष्यमा पनि नेपाली कला संस्कृति प्रवर्धन हुने खालका कार्यक्रम गर्न आफू सधैं अग्रसर हुने अठोट उनको छ ।
सबु सेञ्चुरीले यसअघि पनि नेपाली चाडपर्वको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आउनु भएको छ ।