, चितवन । ः आगामी बैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अ उम्मेदवारी दर्ता गरेका छन । आज बिहान १० वजे मुख्य निर्वाचन अधिकृतको कार्यालय, भरतपुरमा पुगेर उनेले आफ्नो उम्मेदवारी गरेका हुन् ।
उनको प्रस्तावकमा सिता ज्ञवाली र समर्थकमा बिक्रम श्रेष्ठ रहनु भएको छ ।
उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरु संँग प्रतिकृया दिदैं उनले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा हुने अपेक्षा रहेको बताए । प्रतिनिधि सभाको निर्वाचन पछि चार महिनामानै उपनिर्वाचन हुनु दुःख लागेको भन्दै उनले आफू न्यायको पक्षमा रहेको बताए । मलाई केही महिनामै फेरी यो ठाउंँमा उम्मेद्वारी दिन आउंँदा अनौठो लागेको छ नै, उनले भने , राजनितिक जीवनमा र मेरो जीवनमा भईरहने बिरलै घटना मध्यको एक हो ।” आफु निर्वाचनका लागि थप उत्साहित र आशावादी रहेको उनको भनाई थियो । ।
मुलुकको सम्बृद्धि, शुसाशन, राजनीतिमा एउटा शुद्धता, नयाँ आउने पुस्ताको सुन्दर भविष्य कोर्नका लागि, लोकतन्त्रका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए । लामिछानेले उप निर्वाचन हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताए । “अब उप चुनाव हुनुमा कसकसले कति जिम्मेवारी लने हो त्यो मध्ये मेरोभागमा कति पर्छ म जिम्मेवारी लिन तयार छु”, उनले भने अब पनि मलाई उजुरी हालेर फसाईयो भने बरु मारिदिए हुन्छ । मेरो जनता बाहेक बाहेक कोही छैन । केही शक्ति छैन । ’
नागरिकता प्रकरणमा सफाई पाएपछि पनि म्याद हदको विषयमा उमेदवार बन्न नपाउने भन्ने कुरा गलत रहेको उनले दाबी गरे । उनले भने “मैले अमेरिकाको सिटिजनसिप सन २०१८ मै त्यागेको हो । त्यो त्यागेको मितिले तीन महिना भनेर संविधानले भनेको हुँदा त्यसले मलाई असर गर्दैन ।’
उप निर्वाचनका लागि यो क्षेत्रमा उमेदवार दर्ता गर्ने उहाँ पहिलो उमेद्वार भएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए । हाल यो क्षेत्रमा नेपाली कांँग्रेसका उम्मेद्वार जितनारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेद्वार रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा रहेका छन ।
लामिछाने यस अघि भारी मतान्तरले निर्वाचित संघीय सांसद थिए । उनको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसगैँ संसद पद पनि गएपछि अहिले उप निर्वाचन हुन लागेको हो ।
गत चुनावमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन । उहाँका निकटम प्रतिस्पर्धी भन्दा ३४ हजार १६२ मतान्तरले निर्वाचन जितेका थिए ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत पाउनु भएको थियो ।
उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।