चितवन । भरतपुर स्थित चितवन मिडटाउन ( सिएमटी) रिसोर्टमा पर्यटकलाई आकर्षण गर्न चौरासी व्यञ्जन (खाना) को सेवा शुरु गरिएको छ । नेपाली मौलिक खानाको संरक्षण र प्रर्वद्धन गर्न उक्त अफर शुरु गरिएको छ । सोमबार सांँझ रिसोर्टले पत्रकार सम्मेलन गरी हरेक सोमबार उक्त सेवा दिन थालिएको जानकारी दिएको हो ।
सो अवसरमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले सुस्ताएको पर्यटनलाई उकास्न र नेपाली मौलिक खानाको स्वाद दिने उद्धेश्यले यो सेवा शुरु गरेको बताउनु भयो । ‘यो रिसोर्ट सीटी होटल हो यहांँ सबै वर्ग तहका आन्तरिक तथा बाह्य पर्यटकले सेवा लिन सक्नेछन , उहांँले भन्नुभयो , यो नाफा कमाउने भन्दा पनि सेवा दिने उद्धेश्य हो ।’ विदेशी खानाले प्रश्रय पाईरहेको समयमा नेपाली मौलीक खानाको अर्गानिक स्वाद दिने उद्धेश्य सहित सेवा शुरु गरिएको उहाांको भनाई छ । चौरासी व्यञ्जनमा ग्राहकले ८४ प्रकारका खानाको स्वाद लिन सक्नेछन । ८४ व्यञ्जनमा शाकाहारी र मांसाहारी खाना सहित स्न्याक्स, सुप, मिठाई लगायतका परिकार समावेश गरिएको छ । यस सेवालाई आकर्षण गर्न न्यूनतम मुल्य लागु गरिएको उहांँले बताउनु भयो ।
जसअनुसार सिंगल ग्राहकलाई यो व्यञ्जनको लागि १३००÷– रुपैंया, कपलको लागि २५००÷– र किड्सको लागि ९९९ रुपैंया शुल्क तोकिएको छ ।
नेपाली मौलिक स्वाद पारखी र परिवारलाई पनि लक्षित गरी यो सेवा शुरु गरिएको प्रबन्ध निर्देशक मदन घिमिरेले बताउनु भयो । ‘समय र ग्राहकको माग अनुसार हामीले यो सेवा शुरु गरेका छौं, घिमिरेले भन्नुभयो , आगामी दिनमा ग्राहकको चाहना बमोजिम अन्य सेवा पनि शुरु गर्दै लानेछौं ।’ अहिले आर्थिक मन्दीबाट सबै प्रताडित र व्यस्त पनि छन , उहांँले थप्नुभयो, यसले केही राहत र सन्तुष्टी दिन्छ भन्ने हाम्रो अपेक्षा हो ।’ भविष्यमा व्यञ्जनको साथमा नेपाली सांगितिक कार्यक्रमलाई पनि जोड्दै लगिने उहांँको भनाई छ ।
२०७६ सालबाट निर्माण कार्य रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हल, र अन्य साना तीन वटा हल रहेका छन् । एकै पटक सयजनालाई भोजन गराउन सकिने भोजनालय, बार कफिसप , स्वीमिङ्ग पुल, वाल ग्यासकेट, यथेष्ट सहित वाटर फाउण्टेनको व्यवस्था रहेको छ । चितवनमै पहिलो पटक युरोपियन प्रविधिको किचन र वातावरणमैत्री बिजुली र वाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको छ ।
राजमार्ग र भरतपुर शहरलाई लक्षित गरी विभिन्न पार्टी, सेमिनार, सभा, अधिवेशनलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको घिमिरेको भनाई छ । रिसोर्टमा आधुनिक सुविधा सम्पन्न ४२ वटा रुम रहेको र छ रिसोर्टको प्रत्येक तल्लामा २० जना क्षमताको मिटिङ हल रहेको छ ।
एक बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टलाई चितवन हल, मीडहल र टाउनहल गरी तीनभागमा वर्गीकृत गरिएको छ ।