नवलपुर । गर्मी याम , साँझपख विस्तारै चिसिँदै गएको मौसम । महोत्सवको सांगीतिक कार्यक्रम परिसर वरीपरी दर्शकको संख्या घट्दै गइरहेको थियो । जब गीत गाउनका लागि चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी स्टेजमा उक्लिए, तब दर्शकहरुको उपस्थिति बाक्लिन थाल्यो ।
बद्रि पङ्गेनीले महोत्सवमा गीत गाउन थालेपछि वरपर भएका मात्रै नभइ महोत्सवस्थल बाहिर भएका मान्छेसमेत टिकट काटेर सांगीतिक कार्यक्रम भएको स्थानमा आउन थाले । दर्शकहरुको उपस्थितिले हौसिएका गायक पंगेनीले करिब एकघण्टा दर्शकसँग बिताए । उनी स्टेजमा उक्लिएपछि परदेशमा भएका छोराको व्यथा समेटिएको गीत गाएर दर्शकलाई भावुक बनाए ।
मञ्चमा उक्लिएर ‘आमा बिदा पाउँदिन…’ बोलेको गीत गाउन सुरु गरेका बद्रि आफू भावुक हुँदै दर्शक दीर्घामा गएर गाउन सुरु गरे । उनले गीत गाउँदै गर्दा महोत्सव अवलोकनका लागि पुगेका महिलाहरु भावुक हुँदै बद्रिको गीतमा साथ दिइरहेका थिए । त्यसपछि उनले आफ्ना अन्य गीतहरु गएका थिए । त्यसपछि उनले तिम्रो घरमा मेरी छोरी, चप्पल छिनियो, रातो पछ्यौरी, म त नेपालीलगायतका गीतहरु गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
आफ्ना एकल प्रस्तुतीहरुसँगै उनले लोक तथा दोहोरी गायिका सुशीला गौतमसँगै प्रत्यक्ष दोहोरी पनि गाएका थिए । आजको कार्यक्रममा महोत्सवा बद्रिसँगै सुशीला गौतम र मोडल तथा डान्सर आरुसी मगरलगायतका कलाकारहरुले प्रस्तुती राखेका महोत्सवको सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए । लम्सालकाअनुसार भोलि शनिबार महोत्सवको सांस्कृतिक कार्यक्रममा शिव हमाल, सुप्रिम मल्ल, जमुना राना लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।
महोत्सवको छैठौं दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको महोत्सवको आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बताए । कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवका कारण गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाकोरुपमा घोषणा गरेको नवलपुरको लोकाहा खोला औद्योगिक क्षेत्र, तनहुँको शुक्लागण्डकी तथा पोखरामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौवादी फलाम खानी निर्माणका लागि सन्देश प्रवाह हुने कोइरालाको भनाइ छ ।
महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा यस महोत्सवले सघाउ पु¥याउने बताए ।
महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टर रहेका भट्टचनले बताए । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य राखेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुरलाई छनोट गरिएको उहाँको भनाइ छ ।
महोत्सव प्रवेशका लागि सर्वसाधारलाई ८० रुपैयाँ तथा विद्यार्थीलाई ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको भट्टचनले बताए । करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव चैत १ गतेसम्म सञ्चालन हुनेछ ।