चितवन । सुनचांँदी बचत तथा ऋण सहकारी संस्था चितवनले आमाको माया छात्राबासमा भोजन खुवाएको छ । संस्थाले आफ्नो १० औं बार्षिकोत्सवको अवसर पारेर आज भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित छात्राबासमा दुईछाक भोजनको लागि आर्थिक सहयोग गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्राबासमा संरक्षित १५ जना छात्रालाई उक्त सहयोग गरेको जनाएको छ ।
सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष रुवीन रामुदामुले व्यवसायी कर्मसंँगै मानवीय धर्मका लागि छात्राबासका छात्राहरुलाई भोजनको लागि सहयोग गरिएको बताउनु भयो । संस्थाले विपन्न विभिन्न समुदायका छात्राका लागि संस्थाको बार्षिकोत्सव मनाउंँदा आफू अत्यन्त खुशी भएको बताउनु भयो । यसअघि पनि संस्थाले सामाजिक कार्य गर्दै आएको बताउंँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने बताउनु भयो ।
संस्थाका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले मानव सेवानै सर्वोपरी धर्म भएको बताउनु भयो । संस्थाको अवसर पारेर उनीहरुको लागि भोजन खुवाउंँदा समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो । समाजसेवा र मानव सेवा पनि व्यवसायिको दायित्व भएको भन्दै छात्राहरु पनि देशको कर्णधार भएको बताउनु भयो ।
छात्राकी संरक्षक सावित्री श्रेष्ठले सबैको सहयोग र सद्भावले छात्राबास यो स्थानमा आएको बताउनु भयो । संस्थाले गरेको पवित्र कार्यप्रति खुशी व्यक्त गर्दै उहांँले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताउनु भयो । संस्थाका सचिव निलेनमान शाक्यले सञ्चालन गर्नुभएको कार्यक्रममा रामुदामुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका कर्मचारी , एवं छात्राबासका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।