चितवन । भरतपुरमा लागुऔषध र मोटरसाइकल सहित प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ ।
कालिका नगरपालिका वडा नम्बर १ मा डेरा गरि बस्ने बर्ष २९ को बिकाश स्याङतान र सोहि मोटरसाइकलमा सवार जिल्ला चितवन कालिका नगरपालिका वडा नम्बर १ बस्ने बर्ष २७ को बिकाश गुरुङ रहेका छन । यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २६ बस्ने बर्ष २८ को ओम बहादुर बस्यौला र सोही स्थान बस्ने बर्ष २७ को अजय बि.क रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान पौने १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पुलचोक तर्फबाट आँपटारी तर्फ जाँदै गरेको ना २८ प २७०८ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा स्याङ्गतान र गुरुङ्गलाई नियन्त्रणमा लिएको हो । साथै सोही दिन दिउसो ३ बजे भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्क टोल स्थित कोठामा बस्यौला र बि.क.ले लुकाई छिपाई राखेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो
उनीहरुको साथबाट लागु औषध डाईजेपाम १०० एम्पुल, नुफिन १०० एम्पुल र फेनार्गन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल र मोटसाइकल नियन्त्रणमा लिएको छ । चारै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।