चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको मंगलबार २७औँ दिन महायज्ञका संरक्षक १००८ स्वामी रमणानन्द गिरीको आगमन भएको छ । महेश सन्यास आश्रम देवघाटका पीठाधिस समेत रहेका उनले महायज्ञको अवलोकन गरेका थिए ।
भोलि (बुधबार) गलेश्वर आश्रमका पीठाधिस महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरी महायज्ञमा आउने कार्यक्रम रहेको छ । उनी पनि महायज्ञका संरक्षक हुन् । मंगलबार पूर्व सांसद गिता वाग्लेले मन्तव्य राखेकी थिइन् । महायज्ञमा भोलिबाट देवी भागवत पुराण सुरु हुँदै छ ।
महायज्ञमा मंगलबार पनि भक्तजनको उल्लेख्य सहभागीता रहेको प्रमुख वाचक परशुराम पाण्डेयले जानकारी दिए । फागुन १२ गते ११ बजे महायज्ञमा सवा करोड दिप प्रज्वलन हुँदै छ । महायज्ञ भने फागुन १५ गते सकिने छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु