भरतपुर । श्रीराम मन्दिरमा आयोजन ागरिएको महायज्ञबाट ४० लाख रुपैँया संकलन भएको छ।
भरतपुर वडा नम्बर ५ कल्याणपुरमा रहेको श्रीराम मन्दिरमा सत्तल सहितको भौतिक पूर्वाधार निर्माणका लागि २३ माघ देखि श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ २०७९आयोजना गरिएको थियो ।
सात दिन सम्म सञ्चालन हुने महायज्ञमा स्थानीय जयकुमारी आचार्यले ५ लाख ५ सय ५१ रुपैँया सहयोग गर्दै महायज्ञको सबै भन्दा धेरै सहयो गर्ने चन्दा दाता बनिन् । मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष नारायण आचार्यका अनुसार महायज्ञको समयमा दुईवटा तुलादान समेत भएका थिए । महायज्ञ सम्पन्न गर्न झण्डै १० लाख रुपैँया खर्च भएको छ।
मन्दिरमा निर्माणाधीन क्रममा रहेको सत्तललाई पूर्णता दिन र थप भौतिकपूर्वाधार विकासका लागि महायज्ञ लगाइएको थियो । श्रीराममन्दिर समितिका अध्यक्ष एवम् महायज्ञ मूल समारोह समितिका संयोजक यमप्रसाद आचार्यका अनुसार लक्ष्य अनुसारनै रकम संकलन भएको छ। ‘हामीले झण्डै एक दशकअघि १ करोड लागत अनुमान गरेर तीन तले भवननिर्माण शुरु गरेका थियौँ। आर्थिक अभावका कारण सत्तलको भुईंतला समेत निमार्ण हुन सकेको छैन ।’ अध्यक्षआचार्यले भने,– ‘यस पटक महायज्ञबाट हौसला मिलेको छ । हामीले भुईं तलालाई पुर्णता दिनेछौँ ।’आईतवार भरतपुर
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महायज्ञको समापनगर्दै नगरपालिकाले समेत मन्दिरको भौतिक विकासका लागि सहयागे गर्ने बताएका थिए । यस अघि महायज्ञको बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले उद्घाटन गर्दै योजना सहित आएमाआगामी वर्षको बजेटमा मन्दिरको लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
२०२३ सालमा स्थापनाभएको यस मन्दिरकालागि स्थानियधर्मप्रेमी स्व.हवल्दार सन्तमानश्रेष्ठबाट ३ कठ्ठा र स्व.तेजमानश्रेष्ठबाट १ कठ्ठाजग्गादानगरी दैनिक पूजापाठ आरम्भ भएको थियो। देउसी भैलो र
विभिन्नदाताको सहयोगमामन्दिरक बनेका संरचनामाधार्मिक कार्यहरु सञ्चालनहुँदै आएको छ।महायज्ञबाट संकलित रकमले धर्मशालानिर्माण गरि मन्दिरलाई धामको रुपमाविकास गर्ने समितिको योजना छ।
नारायण कृष्णचरणामृत न्यौपानेले श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा कथावाचनगरेकाथिए । महायज्ञ सम्मापन सहमारोहमा चन्दादाता सहित महायज्ञ सम्पन्न गर्न सहयोग गर्ने सहयोगीहरुलाई सम्मानगरिएको थियो ।
श्री राममन्दिरु समिति, आनन्द कल्यााण आमा समुह र राममन्दिर टोल विकास संस्थाको संयुक्त आयोजनामाश्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ संचालन गरिएका थियो ।