काठमाडौं । अब हराएको मोबाइल ट्र्याक गर्न नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)मा निवेदन दिनुपर्ने भएको छ । अहिले हराएको मोबाइल ट्र्याकका लागि प्रहरी परिसर, टेकुमा निवेदन दिनुपर्छ । प्रहरी परिसरमा निवेदन दिएपछि उसले नै एनटीएलाई मोबाइल ट्रयाकका लागि अनुरोध गर्छ ।
अब भने हराएको मोबाइल ट्र्याकका लागि प्रहरीकहाँ जानु पर्ने झन्झट हटेको छ । एनटीएमा निवेदन दिएपछि हराएको मोबाइल ट्र्याक हुने एनटीएले जनाएको छ । यसबाट सेवाग्राहीलाई सहज हुने एनटीएको विश्वास छ ।
त्यसपछि एनटीएले मोबाइलको लोकेशनसहितको डिटेल प्रहरी प्रधान कार्यालय, नक्साललाई पठाउनेछ, जसमा ट्र्याक भएको मोबाइल र त्यसमा एक्टिभ भएको मोबाइल नम्बर पनि उल्लेख हुनेछ । प्रहरी प्रधान कार्यालयले उक्त विवरण हराएको स्थानको जिल्ला प्रहरीकहाँ पठाउनेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु