चितवन । राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट चितवनका वरिष्ठ स्वास्थ्यकर्मी सम्मानित भएका छन । स्वास्थ्य दर्पण मिडिया नेटवर्कद्धारा आज भरतपुरमा आयोजित हेल्थ अवार्डबाट सापकोटा सम्मानित भएका हुन् । नेपालको स्वास्थ्य क्षेत्रमा अनवरत रुपमा सेवा र योगदान पुरयाएको भन्दै उनलाई सम्मानित गरिएको हो ।
प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता डा शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतको आतिथ्यतामा सम्मानपत्रसहित सापकोटालाई सम्मान गरिएको थियो ।
उनी लामो समयदेखि भरतपुरमा एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत रुपमा कार्यरत छन ।
यस्तै सम्मानित हुने अन्य स्वास्थ्यकर्मीमा भिम बहादुर पाण्डे , केशव भट्ट, सागर पोख्रेल, महेश्वर श्रेष्ठ र रमेश सुब्बा, रहेका छन । अवार्डबाट ११ चिकित्सक र ४ जना पत्रकारलाई पनि सम्मान गरिएको थियो ।
सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा कोइराला, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल , गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महर, डा भोजराज अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी , नेपाल प्रेस युनियनका निर्वतमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।