चितवन – जेसिज सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा नारायणगढ जेसिज र खेलकुद पत्रकार मञ्च चितवनले बराबरी खेलेका छन् ।
आज ९बुधबार० बिहान नारायणगढको क्याम्पा चौरमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा जेसिजले ३ गोलको अग्रता लिए पनि जोगाउन सकेन ।
पहिलो हाफमा ३ गोलले पछि परेको खेलकुद पत्रकारको टोली दोस्रो हाफमा खेलमा फर्कियो । दोस्रो हाफमा खेलकुद पत्रकारले २ गोल गर्दा एक आत्मघाती गोल भएपछि खेल ३–३ को बराबरीमा सकिएको हो ।
जेसिज सप्ताहको अवसरमा नारायणगढ जेसिजले बिभिन्न कार्यक्रम गर्दै आएको छ । साताव्यापी कार्यक्रम अन्तर्गत यसअघि १७ गते आइतबार बिभिन्न ९ शाखाबीच हाजिरी जवाफ, १८ गते देवघाट समाज कल्याण केन्द्रलाई खाद्यान्न तथा जिन्सी सहयोग र १९ गते नव सदस्यहरुको अभिमुखिकरण तालिम सम्पन्न भइसकेको छ ।
२१ गते कुरिनटारस्थित जेसिज गाउँमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम, २२ गते बिभिन्न स्थानमा सहयोग कार्यक्रम तथा २३ गते युवासँग जनप्रतिनिधि एवं समापन कार्यक्रम हुने नारायणगढ जेसिजका अध्यक्ष बासुदेव दवाडीले जानकारी दिए ।