चितवन ।भारतीय टायर कम्पनी सिएटले नेपालमा प्लाण्ट राख्ने योजना बनाएको छ । नेपालमा यस कम्पनीको उत्पादन बिक्री राम्रो भएको र ग्राहकको माग बढेकोले प्लाण्टनै राख्ने योजना बनाएको हो । कम्पनीले हाल भारत , वंगलादेश लगायत अमेरिका युरोप लगायत अन्य देशमा प्लाण्ट राखेर बिक्री गरेपनि नेपालमा हाल आयात गरेनै माग पुरा गर्दै आएको छ ।
बुधबार भरतपुरमा कम्पनीले चितवनका बिक्रेता, ग्राहकहरुसंँग अन्र्तक्रिया गर्दै सो विषयमा जानकारी गराएको हो । कार्यक्रममा कम्पनीका नेपाल प्रमुख राजपाल चड्डाले टायरको बजार अबस्था , गुणस्तरीयता र भावी योजना बारे जानकारी दिएका थिए । चड्डाले कम्पनीले चांँडै प्लान्ट राख्ने योजना कम्पनीको भएपनि विश्वबजार तथा नेपालको अर्थतन्त्रको अवस्थाका कारण केही समय लाग्न सके बताए । ‘हामीले यसअघिनै नेपालमा प्लाण्ट राख्ने योजनामा थियौं उनले भने, कोभिड देशको अर्थतन्त्र लगायतले पर्ख र हेरको अवस्थामा छौं ।’
विश्वका सय देशभन्दा बढी देशमा आफ्नो कम्पनीको बजार रहेको भन्दै उनले नेपालमा पनि टायरको प्लाण्ट राख्न योजना कम्पनीको रहेको बताए । ‘नेपाल हाम्रो लागि राम्रो बजार भएको देश हो, उनले भने, यहांँ प्लान्ट राखियो भने कम्पनीको कष्टिङ पनि घट्छ ग्राहकले सहुलियत दरमा टायर पनि पाउंँछन ।
सिएट टायरको बजारको अवस्था संँगै राम्रा र नराम्रा पक्षलाई पृष्ठपोषण लिन पनि चितवनमा अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम गरिएको उनले बताए ।
पछिल्ला बर्षहरुमा नेपालमा सिइएटी टायरको बजार क्रमश बढ्दै गएको बताउंँदै चड्डालले नेपाली भुगोल र यहांँका विक्रेताले चाहे अनुसारको टायरको साइज, गुणस्तरमा बृद्धि गर्दै लगिएको बताए ।
’ कम्पनीले हाल साइकल र जहाज बाहेकका सबै सवारीसाधनको टायर उत्पादन गरिरहेको भन्दै उनले टायरको गुण दोष तथा सुझाव दिन आग्रह गरे ।
कम्पनीले विभिन्न देशको भौगोलिक एवं सडकको अवस्था र सवारीसाधनको कामको प्रकृति हेरेर सोही प्रकारका टायरका उत्पादन गरिरहेको उनले जानकारी दिए । सवारीसाधन गुड्ने सडकको अवस्था तथा कामको प्रकृति अनुसार सवारी साधनमा टायर राखिएमा टिकाउ तथा माइलेज पनि बढी दिने राजपालको भनाई थियो ।
सो अवसरमा बोल्दै कम्पनीका तर्फबाट नेपालका जनसम्पर्क अधिकृत मिलन पौडेलले समग्र देशको अर्थतन्त्र धराशायी हुंँदा यो व्यवसायलाई पनि असर परेको बताए । ‘सडक र पूर्वाधार निर्माण गर्दा समयमै पेमेन्ट हुंँदैन । यसको असर बिक्रेता ,ग्राहक हुंँदै हामीसम्म आईपुगेको छ ।’ उनले भने
देशको आर्थिक गतिविधि धराशायी भएको बेला देशभरका विक्रेता,ग्राहकको समस्या बुझ्न र सुझाव लिन पनि अन्र्तक्रिया आयोजना गरिएको पौडेलले बताए । कम्पनीको उत्पादनलाई बर्षौसम्म विश्वास दिलाउन र टिकाउन बिक्रेताको प्रमुख भूमिका रहने भन्दै सुझाव संकलनका लागि पनि कम्पनीको टोली चितवन आएको उनको भनाई थियो ।
कार्यक्रममा बिक्रेताहरुले सवारीको प्रकृति, कामको स्वरुप र सडकका संरचना अनुसार कुन गुणस्तरको टायर प्रयोग गर्दा उचित हुने बिषयमा जिज्ञासा राखेका थिए । उनीहरुले कम्पनीले दिएको सर्त अनुसार सेवा तथा ग्यारेण्टी, वारेण्टीको बिषयमा सहजता गरिदिन आग्रह गरे। कार्यक्रममा चितवनका डिलर, बिक्रेता , निर्माण व्यवसायी, चालक, मजदुर लगायत ६० जनाको हाराहारीमा सहभागिता रहेको थियो । सिएट टायरको बितरकको रुपमा नेपालमा अधिकृत बिक्रेता एसटीसी ग्रुपले सम्हाल्दै आएको छ ।