चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैडा र पाटेबाघ मृत भेटिएका छन । बुधबार निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कोर क्षेत्र स्थित चम्पा सालघारीको नारायणी नदी किनारमा अन्दाजी १५ बर्षको पाटेबाघ मृत फेला परेको हो ।
बुधबार सो क्षेत्रमा ३ः२० बजे निकुञ्जको नियमित गस्ती टोलीले भाले बाघ मृत अवस्थामा भेटेको निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कुछुवानी पोष्टको कार्यक्षेत्रमा लिंग पहिचान नभएको गैडा मृत फेला परेको निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । गैंडाको खाग र खुर सुरक्षित छ ।
अन्दाजी पांँच बर्षको गैंडा बुधबार बिहान ११ बजे गस्ती टोलीले फेला परेको तिवारीले बताए । उक्त गैंडा बाघको आक्रमणबाट मरेको हो भने बाघ बुढो भएर प्राकृतिक कारणले मरेको तिवारीको भनाई छ । यो संँगै चालु आर्थिक बर्ष २०७९, ८० मा ८ वटा गैंडा मरेका छन भने बाघ मरेको पहिलो घटना हो ।
चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु