चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक पोथी गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आइतबार बिहान ५ बजेर ४० मिनेटमा अन्दाजी १८ बर्षको गैंडा मृत फेला परेको हो ।
निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेञ्जपोष्टको कार्यक्षेत्रभित्र नारायणी नदीको भंगालोको किनारमा मृत भेटिएको कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । उक्त गैंडा बुढो भएर मरेको उहांँको भनाई छ । गैंडाको खाग र खुर सुरक्षित रहेको उहांँले बताउनु भयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु