चितवन । होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय अध्यक्षमा दिनेशकुमार चुके निर्वाचित भएका छन । चितवनको भरतपुरमा बुधबार सम्पन्न १० औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट चितवनका चुके सर्वसम्मत निर्वाचित भएका हुन् । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन ।
महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित भएका छन । यस्तै उपाध्यक्षमा भाईचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तीलक बहादुर कार्की र देवी गौतम चयन भएका हुन् ।
महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुलसीराम भण्डारी र उपमहासचिवमा राजेश मलहोत्रा निर्वाचित भएका छन ।
सचिवमा राजु अधिकारी, कमल बहादुर बम, धनेश्वर भण्डारी,तारा प्रसाद आचार्य,जनक बहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्र प्रसाद ढकाल निर्वाचित भएका छन । यस्तै कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिप कुमार श्रेष्ठ भएका छन ।