चितवन । होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने भएको छ । आईतबार नारायणगढमा भएको पत्रकार सम्मेलनमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहाले पुस १९ र २० गते भरतपुरमा हुने जानकारी गराउनु भएको हो । महासंघले महाधिवेशनबाट आउने नयांँ नेतृत्वबाट समग्र व्यवसायलाई नै पर्यटन मैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेको भन्दै यसले चितवनको पर्यटन क्षेत्र चलायमान हुने आशा गरेको छ । सम्मेलनमा देशभरका प्रदेश संघ, जिल्ला संघ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै करिब ७०० प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहनेछन ।
सम्मेलनको दोस्रो दिन भरतपुर महानगरपालिकाभित्र प्रतिनिधि र पर्यवेक्षकका लागि निःशुल्क सवारीसाधन सञ्चालन गरिने व्यवस्था मिलाएको संघले जनाएको छ । कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोरोना तथा आर्थिक मन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताउनु भयो ।
नारायणगढ बजारमा पनि अधिकांश सटरहरु अहिले बन्द भएका छन् । व्यवसायमा पूरै मन्दी आएको छ । सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्नेछ भन्ने विश्वास छ । ’ चुुकेले भन्नुभयो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरिने कार्यक्रममा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुती र कार्यशालाहरु पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिनुभयो ।
विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी संघको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो ।
यसपटक हुने चौथो अधिवेशन तथा दशौं वार्षिक साधारण सभा उद्घाटन अघि भरतपुरको चौबिस कोठीबाट उद्घाटन स्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली गरिने बताईएको छ ।
महासंघको तथ्यांक अनुसार यो क्षेत्रमा व्यवसायीको ३ खर्ब ८४ अर्ब हाराहारीको लगानी र ६ लाख बढीले रोजगारी पाएका छन ।
होटल व्यवसायी महासंघको महाधिवेशन पुष १९ गतेबाट चितवनमा
होटल व्यवसायी महासंघको महाधिवेशन पुष १९ गतेबाट चितवनमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु