चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधार्न र शुसासन कायम गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन ।
प्रधानमन्त्री भएपछि पहिलो पटक आफ्नो गृहजिल्ला आएका उनले नारायणी मावीको हिरक महोत्सवको उद्धघाटन गर्दै यस बिषयमा आफूले प्रधानमन्त्री भएलगत्तै यो निर्णय गरेको बताए ।
सो अवसरमा बोल्दै उनले आफू अहिले देशको परिस्थिति हेरेर देशको अर्थतन्त्र सुधार्ने, शुसासन र विकासमा केन्द्रित भएको बताए । ‘म अब कम बोल्ने तर काम गर्ने चाहना बढी छ उनले भने, मैले प्रधानमन्त्री हुने वित्तिकै अर्थतन्त्र सुधार्न र शुसासन ल्याउनका लागि निर्णय गरेको छुु ।’
शुसासन र भ्रष्टाचार न्यूनिकरण गर्न पनि आफू कठोर रुपमा प्रस्तुत हुने उनले बताए ।
‘म अब भ्रष्टाचार र शुसासनका बिषयमा कठोर रुपमा प्रस्तुत हुन्छु ।’ प्रचण्डले भने ।
उनले वित्तिय शुसासन र समृद्धिको नयांँ युगको शुभारम्भ भएको समेत बताए । उनले शिक्षाको गुणस्तरबाटनै देशमा समृद्धि आउने समेत बताए ।
‘शिक्षाको गुणस्तरलेनै राष्ट्र र नागरिकको जीवनपद्धतिको निर्धारण गर्छ, उनले भने , यसबाटनै राष्ट्रमा समृद्धि आउंँछ ।’
आफ्नो जन्म जिल्ला कास्कीको बाटुले चौरको विद्यालय देशकै प्रथम भएको र कर्म जिल्लामा रहेको नारायणी नमुना विद्यालय दोस्रो हुनु संयोग भएको उल्लेख गर्दै उनले खुशी व्यक्त गरे ।
सो अवसरमा उहांँले विद्यालयको हिरक स्मारिकका विमोेचन गर्नुका साथै विद्यालयलाई योगदान गर्नुहुने व्यत्तित्वहरुलाई सम्मान गरेका थिए ।