चितवन। फोटो पत्रकारहरुको छाता सङ्गठन नेपाल फोटो पत्रकार महासंघ चितवन शाखाले सदस्यता आह्वान गरेको छ । जिल्ला शाखाको आज बसेको बैठकले सदस्यता खुला गरेको हो ।
संघका सचिव सुनील पराजुलीकाअनुसार पुस १५ गतेसम्म सदस्यता खुला गरिएको छ । जिल्लामा रहेर पत्रकारिता गर्दै गरेका र फोटो पत्रकारिमा इच्छुक पत्रकारहरुले सदस्यता लिन सक्ने पराजुलीले जानकारी दिए । फोटो पत्रकार महासंघको सदस्यता लिनका लागि शैक्षिक योग्यताको प्रमाणपत्रसहित कार्यरत संस्थाको परिचयपत्र तथा सिफारिस पेस गर्नुपर्ने पराजुलीले बताए ।
फोटो पत्रकार महासंघको सदस्यता अनलाइनबाट समेत भर्न लिन सकिने पराजुलीको भनाइ छ । अनलाइनबाट सदस्यता फारम भर्नका लागि https://docs.google.com/forms/d/e/1FAIpQLSfiHRppvHpANRec1KmWix4gZiw0bcA8onFZSL7HgBvvCnCijw/viewform?usp=sf_link लिंकमा गएर सजिलैसँग सदस्यता फारम भर्न सकिने पराजुलीले बताए ।
त्यसैगरी, फोटो पत्रकार महासंघ चितवन शाखाले फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि माघको पहिलो साता आधारभूत फोटो पत्रकारिता तलिम गर्ने जानकारी दिए । स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई लक्षित गर्दै फोटो पत्रकारिता तालिम सञ्चालन गर्न लागिएको पोखरेलको भनाइ छ । तालिममा महिला र पुरुष गरी २० जना सहभागी गराइने पोखरेलको भनाइ छ ।
यसैबीच, चितवनबाट नेपाल फोटो पत्रकार महासंघको केन्द्रमा प्रतिनिधित्व गर्ने सचिव कोमलचन्द्र भगत तथा सदस्यहरु बद्री प्रसाद अर्याल र प्रविन बराललाई जिल्लामा सम्मान समेत गरिएको छ । चितवनको सौराहामा भएको राष्ट्रिय महाधिवेशनबाट उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । आज भएको कार्यक्रममा मन्तव्य राख्दै केन्द्रीय सचिव भगतले चितवनमा रहेर पत्रकारिता गर्दै आएका फोटो पत्रकारितमा रुची भएका व्यक्तिहरु सबैलाई सदस्यता लिनका लागि आग्रह गरेका छन् ।
फोटो पत्रकार महासंघ चितवनको सदस्यता खुला
फोटो पत्रकार महासंघ चितवनको सदस्यता खुला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु