चितवन। चितवनमा रहेका एचआईभी एड्स सङ्क्रमित मध्ये ९८ प्रतिशतको सङ्क्रमण नसर्ने अबस्थामा पुगेको छ । ३५ औं विश्व एड्स दिवसको अवसरमा एड्स हेल्थ केयर फाउण्डेसन चितवनले सार्वजनिक गरेको तथ्याङ्मा सो कुरा जनाईएको हो ।
कार्यालयका बरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरी सापकोटाका अनुसार एन्टि रेक्ट्रो भाइरल थेरापि –एआरटि) औषधिको सेवनले भाईरलको संख्या नसर्ने अबस्थामा पुगेको हो । एक हजार कपी भन्दा कम भाईरसको संख्या भएका बिरामीहरुबाट एचआईभी एड्स नसर्ने उहाँले जानकारी दिनुभयो । अहिले जिल्लामा १ हजार १०८ जना सक्रिय एचाईभी एड्स सङ्क्रमित रहेका छन् । उनीहरु मध्ये ४४ जना बालबालिका रहेका छन् । सन २०२२ को हाल सम्म जिल्लामा २७ जना नयाँ एचआईभी एड्स सङ्क्रमित भेटिएको उहाँल बताउनुभयो । यस वर्ष ११६ जना सङ्क्रमितले एन्टि रेक्ट्रो भाइरल थेरापी (एआरटि) औषधि सुरु गरेका छन् ।
जिल्लामा रहेका सङ्क्रमित महिला मध्ये ३९ जना महिलाको पाठेघरको क्यान्सर परिक्षण गरिएको छ । सङ्क्रमित मध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराईएको छ । पछिल्लो समय एचआईभी एड्स सङ्क्रमितहरुलाई यौन रोगको समस्या देखा पर्न थालेको छ । २१४ जना सङ्क्रमितको परिक्षणका क्रममा १५ जनामा यौन रोग भेटिएको उहाँले बताउनुभयो । एचआईभी परिक्षण एबं उपचारका लागि समानता हुन आबश्यक रहेको भन्दै उहाँले गृहिणीहरु एचआईभी एड्सको परिक्षणका लागि आउन नसकेको बताउनुभयो ।
सन् २०२२ मा एचआईभि सङ्क्रमित मध्ये ११ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ९ जनाले औषधि खान छोडेका छन् ।
नियमित औषधि सेवन गरेमा अन्य व्यक्तिको जस्तै आयु र जीवन जिउन सकिने र चिकित्सक
नियमित रुपमा औषधि सेवन गरेमा एचआईभी संङ्क्रमित व्यक्ति पनि सामान्य व्यक्ति जस्तै आयु र जीवन जीउन सक्ने चिकित्सकहरुको भनाई छ ।
एएचएफ नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एआरटि सेन्टरका स्रोत व्यक्ति बरिष्ठ फिजिसियन, डा. प्रमोद पौडेलले औषधि भने नियमित सेवन गर्नै पर्ने बताउनु भयो । उहाँले नियमित औषधि खायो भने यसले भाईरसलाई न्यूनिकरण (दमन) गर्ने बताउँदै भन्नुभयो “नियमित औषधि खाने व्यक्ति र सामान्य मान्छेको आयु बराबर हुन्छ ।”
ह्युमन ईम्युनोडेफिसियन्सी भाईरस (एचआईभी) भनेको एउटा भाईरसको संक्रमणबाट हुने रोग हो । यो आरएनए भाईरस हो । उहाँले भन्नुभयो “यसमा रिभर्स ट्रान्सक्रिप्टेस भन्ने इन्जाईम हुन्छ, जसले आरएनएलाई डिएनएमा परिवर्तन गर्न सक्छ ।” यो भाईरस मानिसको शरीरभित्र पसिसकेपछि सेलभित्र छिरेर डिएनएमा बसेर आफैले रिप्लिकेट गर्ने उहाँको भनाई छ । यसलाई रेक्टो भाईरस भनिन्छ ।
दश जना बालबालिकालाई खाध्यान्न सहयोग
एड्स दिवसको अबसरमा जिल्लामा रहेका १० जना सङ्क्रमित बालबालिकालाई पौष्टिक आहार बांँडिएको छ । एक कार्यक्रमको आयोजना गरी आहार र पोषण बांँडिएको हो । सापकोटाका अनुसार खाध्यान्न अभावले समस्या भएकालाई सामाग्री बांँडिएको हो । यस्तै चित्रकाला प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्ेत सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।