चितवन । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री उमा रेग्मीले नेपाली कांँग्रेसकी नेतृ स्व शैलजा आचार्य स्मृति प्रतिष्ठान, नवनिर्मित केन्द्रिय भवनको उद्धघाटन गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ तोरीखेतमा आज एक कार्यक्रममा बिच भवनको उद्घाटन तथा आचार्यको अर्दकदको शालिकको अनावरण गर्नुभएको हो । कार्यक्रममा सहभागि वक्ताहरुले उहांँको आर्दश र विचार अनुकरणीय रहेको भन्दै चर्चा गर्नुभएको थियो ।
स्थानिय समाजसेवी राजेन्द्र प्रसाद अधिकारीले आफ्नी धर्मपत्नी स्व.सरस्वती अधिकारीको सम्झनामा प्रदान गर्नुभएको १० धुर थप १० धुर जग्गा गरी निर्माण गरिएको छ । भवनमा एउटा सभाहल र दुईवटा कोठा रहेका छन् । पछि एउटा कोठामा संग्रहालय निर्माण गरिने छ ।
भवन उद्घाटन पछि बोल्दै मन्त्री रेग्मीले आफूले लामो समय आचार्य संँग संगत गरेको भन्दै आजको समयमा उहांँको आर्दश र विचार उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो । उहांंँ साधकी , स्वच्छ छवि , निष्कलंंक रहेको भन्दै आजका युवाको लागि स्व आचार्य प्रेरणादायिक र उदाहरणीय व्यक्ति रहेको रेग्मीले बताउनु भयो । स्व आचार्यको आदर्श र सिद्धान्त प्रति प्रतिबद्ध हुन नसक्दा देशको पछिल्ला राजनीति घटनाक्रममा विचलन आएको समेत बताउनुभयो । उहांँको सिद्धान्त विचार स्वभाव आजका महिला युवाहरुले पछ्याउनुपर्नेमा उहांँले जोड दिनुभयो ।
देशको राजनीतिलाई इंगित गर्दै मन्त्री रेग्मीले आफै हारेर पनि देशलाई जिताउन काङ्ग्रेस सधै तयार रहेको उहाँले बताउनुभयो। गठवन्धन कायम रहने छ उहाँले भन्नुभयो “गठवन्धन लामो समय जान्छ । गठवन्धन नरहे देशमा समस्या उत्पन्न हुने देखिन्छ ।“ देशलाई निकास दिन सधै काङ्ग्रेस अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरुले स्व. आचार्यले नेपालको राजनीतिमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेस चितवनका उपसभापति राजिब न्यौपाने, बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्य उत्तम जोशी, ट्रष्टकी नवलपरासी सुस्ता पश्चिमकी कोषाध्यक्ष रम्बा कुवँर, ट्रष्टका महासचिब पूर्ण प्रसाद गौडेल, भरतपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, ट्रष्टकी बरिष्ठ उपाध्यक्ष पार्वती शाह ठकुरी लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।