चितवन । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर २९ भोर्लेमा रहेको महानगर बालुवा उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिनु भएको छ ।
महानगर बालुवा उद्योग बिना नविकरण सन्चालनमा आएको हामीले जानकारी पायौं उप प्रमुखले भन्नू भयो,फिल्डमा आएर हेर्दा सन्चालनमा आएको पाइयो अनि तत्काल बन्द गर्न निर्देशन दिइएको हो ।सम्बन्धित उद्योग धनीलाई तत्काल प्रक्रिया पुर्याएर महानगरमा नविकरण गर्न आउन निर्देशन दिइएको छ उप प्रमुखको भनाइ छ ।
महानगर हाता भित्र रहेका कुनै पनि उद्योग तथा कलकारखाना बिना दर्ता र नविकरण नगरी कसैले पनि सन्चालन गर्न पाउदैन, यदि त्यस्तो भएको खण्डमा तत्काल दर्ता तथा नविकरण गरेर सन्चालन गर्न महानगरले परिपत्र गर्ने छ । उप प्रमुखले राजस्व छल्ने अधिकार कसैलाइ पनि नभएको पनि प्रष्ट पार्नु भयो ।
उक्त उद्योगको म्याद गत कार्तिक ११ गते नै सकिएको हो । महानगरले उक्त उद्योगललाइ १५ दिने सूचना जारी गरि नविकरण गर्न आउनु भनी परिपत्र समेत गरिसकेको छ, राजस्व शाखा प्रमुख जिबलाल कुबरले भन्नू भयो । गत कार्तिक १६ गते हामीले १५ दिने सूचना जारी गरि नविकरण गर्न आउन भनी भनिसकेका छौ,३१ गते कार्यलय समय भित्र पनि नविनरण गर्न नआएमा वा अटेर गरेमा महानगर प्रचलित ऐन अनुसार कार्बाही गर्द्छ, कुबरले भन्नू भयो ।
उप प्रमुखको नेतृत्वमा सोमबार भरतपुर २९ मा रहेका विभिन्न क्रसर उद्योगहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । अनुगमनमा भरतपुर २९ का वडा अध्यक्ष सुर्य बहादुर गुरुङ,भरतपुर महानगरका सिनियर डिभिजन इन्जिनियर लक्ष्मि प्रसाद भण्डारी,बाताबरण शाखा प्रमुख इन्जिनियर बिराट घिमिरे, राजस्व शाखा प्रमुख जिबलाल कुबर,इन्जिनियर विकल पण्डित लगाएतका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।
यसका साथै अनुगमन टोलिले गाइघाट,दास ढुङगा ( दास खोला) लगाएतका विभिन्न क्षेत्रमा रहेका उद्योगहरुको निरीक्षण समेत गरेको छ ।