माडी ।चितवन क्षेत्र ३ प्रदेश ‘ख’कीउम्मेदवार सरस्वती बिष्ट योजनाहरुसहितआफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी बस्तीमा पुग्दामतदाताहरु खुशी र उत्साहितभएका छन् ।
आफ्नो प्रतिबद्धता पत्रसहित शनिवार माडीका सुकुम्बासी बस्तीहरुमा पुगेकीउम्मेदवार सरस्वती बिष्टसँग मतदाताहरुले भने ‘एमाले सरकारको पालामा नै माडीका सुकुम्वासीहरुलाई व्यवस्थितगर्ने काम अगाडि बढेको हो । एमालेप्रति नै हाम्रो आशा र भरोसा छ ।’
राईडाँडा र परुईका मतदाताहरुले उम्मेदवार सरस्वती बिष्टसँग सुकुम्बासीहरुको हितगर्ने भनेर धेरैले आश्वासन दिएपनि काम नभएको र सुकुम्बासी जनताले धेरै दुःखपाएको विषय प्रस्तुत गरेकाथिए ।
उम्मेदवार सरस्वती बिष्टले विशेष गरी भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिलाएर रोजगारको व्यबस्थागर्ने, जनताको सुरक्षाको लागि रिउ र राप्तीनदीमाकरिडोर निर्माण, कृषिमा आत्मनिर्भरको व्यवस्था, शिक्षा ,स्वास्थ्यमा स्तरोन्नति लगायतका विषयहरुलाई सम्बोधन गरी कामगर्नको लागि नै
आफ्नो उम्मेदवारी रहेकोले नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउनमतदाताहरुसँग आग्रहगरिन् ।
नेकपाएमालेकीप्रदेश कमिटि सदस्यसमेत रहेकीउम्मेदवार सरस्वती बिष्ट आफ्ना स्पष्ट योजनासहित माडीका विभिन्न सुकुम्बासी बस्तीहरुमा पुग्दामतदाताहरुले स्वागतगर्दै विजयको शुभकामनादिएकाथिए ।
२०४३ सालमा जनपक्षिय उम्मेदवारहरुलाई जिताउनको लागि अग्रमोर्चामा रहेर गीत संगीत, नाटकहरु देखाउँदै पञ्चायती व्यवस्थाका विरुद्धमा जनताजगाउने काम गरेकी बिष्टले निर्वाचनको अभियानमा आफैंले गीतगाउँदै मतदाताहरुका पीडाहरु प्रस्तुत गरेकीथिइन् ।
प्रतिकूल अवस्थामापनि परिवर्तनका आन्दोलनहरुमा उल्लेख्य योगदानगर्दै देश र जनताको हितमा समर्पित भएर अगाडि बढिरहने उम्मेदवार आफ्नै घरदैलोमा आउँदा मतदाहरुले सूर्यमा मतदान गरी चितवन क्षेत्र ३ प्रदेश ख किउम्मेदवार सरस्वती बिष्टलाई जिताउने प्रतिबद्धता समेत जनाएकाथिए ।
नेपाली महिलाहरुलाई अगाडि बढाउन नचाहने दुष्ट प्रवृत्तिलाई अन्त्य गरी जनभावना अनुसारनै अगाडि बढ्ने प्रतिवद्धता जनाएकी उम्मेद्वार बिष्टले महिलाहरुको अपमान गरी अगाडि बढाउन नचाहने प्रवृत्तिप्रति सचेत रहनसमेत सबै मतदाता हरुलाई आग्रहगरिन् ।