भरतपुर ।मंसिर ४ काे निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । यसै सन्दर्भमा प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डा. भाेजराज अधिकारी र प्रदेश ३(२) का उम्मेदवार ठाकुर ढकालले घरदैलो अभियानलाई निरन्तरता दिईरहेका छन् ।यसैक्रममा गठबन्धनका उम्मेदवारलाई भरतपुर २३ र २४ स्थानीयले स्वागत गरेका छन् ।
घर अगाडि कलशसहित फुल माला सहित डा. भाेजराज र ठाकुरलाई स्वागत गरेका हुन् ।जगतपुर, मधुपुरी, कृष्णचाेक, बेलटाँडी, दराई गाउँमा स्थानीयसँग उनीहरूले छलफल समेत गरेका थिए । उम्मेदवारले स्थानीयका समस्या र गुनासोहरू सुनें । दराई गाउँमा निर्माणाधिन भवन सम्पन्न गर्न अाग्रह गरेका छन् । भित्री सडक कालोपत्रे गर्न उनीहरूको माग छ ।
गठबन्धनका उम्मेदवारले नै अहिलेकाे राजनीतिलाई निकास दिने उनीहरूको विश्वास छ । घरदैलोका क्रममा डा. भाेजराजले भने बुवा ठिक ? जवाफमा उनलेे भने, ” गठबन्धन ठिक, ल पक्का ”
अर्का एकजना अामासँग संवादका क्रममा डा. भाेजराजले भने, ” अहिलेसम्म मैले बचाएँ, अब मलाई जिताईदिनुस् ल !