चितवन ।प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डा. भाेजराज अधिकारीले गुनासो नआउने गरि काम गर्ने बताएका छन् ।जनताको वास्तविक समस्या समस्या सम्बाेधन गर्न पनि आफु निर्वाचित हुनुपर्ने उनलेे बताए । जनताको धेरै ठुला-ठुला समस्या नरहेको उल्लेख गर्दै उनलेे घरको चुल्होमा खुसि पुग्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लाेकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा. भाेजराजले प्रत्येक वडामा स्थानीय विशेषता अनुसार योजना अघि बढाउने उद्घाेग गरे । लालपुर्जा वितरणका लागि निस्सा बाडिएकाले निर्वाचन लगत्तै पुर्जा हात-हातमा पुग्ने उनलेे बताए ।जनताको चाहाना अनुसार पारदर्शी हुने ईमानदार जनप्रतिनिधि बन्न चाहेको डा. अधिकारीले बताए ।
यस्तै गठबन्धन अन्तर्गत क्षेत्र ३(१) प्रदेशसभा सदस्य उम्मेदवार प्राडा सुर्यकान्त घिमिरेले बाँकी रहेका सडक मर्मतका लागि सबै तहका सरकारसँग समन्वय गरेर पुरा गर्ने बताएका छन् । भरतपुर २० काे घरदैलोमा उनलेे रानी पाेखरी र चितवन रंगशाला निर्माण सम्पन्न गरिने, शारदानगर हेल्थ पाेष्टलाई स्तरउन्नती र बखान अध्ययन एवं संग्रहालयका रूपमा विकर्सित गरिने प्रतिबद्धता व्यक्त गरे ।४६ सालदेखिकाे सुकुम्बासी समस्या हल गर्न पनि तयार रहेको उनको भनाई छ । कृषिमा विशेष प्राथमिकता निर्धारण गरिएको बताएका उनलेे सिंचाइका लागि बाेरिङ्ग अनुदान थप विस्तार गरिने बताए । लाेकतान्त्रिक-बाम गठबन्धनले भरतपुर २५ अन्तर्गत शुक्रनगर क्षेत्रमा समेत घरदैलो गर्दै छ ।