चितवन । गठबन्धनका उम्मेदवार डा. भाेजराज अधिकारीलाई जिताउने चितवनका स्वास्थ्यकर्मीहरूले प्रतिबद्धता जनाएका छन् । भरतपुर १५ मंगलपुरमा भएको एक कार्यक्रममा उनीहरूले भाेजराज जिताउन एकिकृत भएको बताएका हुन् । चितवन क्षेत्र नम्बर ३ अन्तर्गत रहेका उनीहरूले अहिले याेग्य र सक्षम उम्मेदवार पाएकाे बताए ।स्वास्थ्यकर्मीकाे सुरक्षाका लागि पनि डा. भाेजराजलाई जिताउने कांग्रेस निकट स्वास्थ्यकर्मी संगठनका नेता डा. बासु पाण्डेले बताए ।
मिरा अघिकारीले सेवा लिदा र दिदाँ हुने समस्याकाे जानकारी उनलाई भएकोले नितिगत व्यवस्थापनका लागि भाेजराजले याेजना ल्याउने बताए । चितवनलाई व्यवस्थित मेडिकल सिटी बनाउनेदेखि शिक्षक अस्पताल, प्रादेशिक अस्पताल निर्माण गर्न गठबन्धनका उम्मेदवारलाई अघि बढाउनुपर्ने उनलेे बताए ।
सेवाग्राहीकाे समस्या पनि हल हुने अपेक्षा
वरिष्ठ चिकित्सक डा. विजय अाचार्यले स्वास्थ्य सेवामा १७ वर्ष निरन्तर याेगदान गरेकोले डा. भाेजराजले समस्या सम्बाेधनमा संसदमा अावाज उठाउने बताए ।निजि तथा सरकारी स्वास्थ्यकर्मी सेवा सुविधा सहजीकरण गर्न पनि भाेजराज अावश्यक रहेको डा. विजयले बताए ।
यसैक्रममा स्वास्थ क्षेत्रमा देखिएको समस्या नितिगत सुधार गर्न अाफु प्रतिबद्ध रहेको डा. भाेजराजले बताए । स्वास्थ्य सुधार हुन्छ भनेर डा. गाेविन्द केसीकाे समर्थन गरेको उल्लेख गर्दै उनलेे अाफुले पनि निर्वाचन अान्दाेलन थालेको बताए । मत सर्वेक्षण मार्फत सहयोग गर्न उनको अाग्रह छ । प्रतिनिधिका रूपमा जनतासँग जाेडिन उनको अनुरोध छ ।