चितवन । विशेष अभियान मार्फत डा। भोजराज जिताउन लोकतान्त्रिक(बाम गठबन्धनका युवाहरू केन्द्रीत भएका छन् । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार युवा नै भएकोले पनि युवाहरू अभियान मार्फत सक्रिय भएका हुन् ।
३ नम्बर क्षेत्रीय युवा परिचालन उपसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य चितवन क्षेत्र ३ का साझा उम्मेदवार डा। भोजराज अधिकारीले चुनावी विकृति रोक्ने अभियानमा केन्द्रीकृत हुन आग्रह गरेका छन् ।युवाको सिप र सेवाको पुरा स्वरूपलाई राज्य सेवा समर्पित गर्न चाहेको बताए ।युवाको योगदानलाई सम्मान गर्ने उनको प्रतिबद्धता छ । युवाका लागि विशेष योजना सहितको कार्यक्रम ल्याउने बताएका उनले आफ्नो योजना सफल बनाउन उनले अनुरोध गरे ।विमामा आधारित शिक्षालाई अघि बढाउने योजना जनतामाझ लैजान युवाहरूलाई डा। भोजराजले आग्रह गरेका छन् ।
यस्तै, युवाको साथ र समर्थन आवश्यक रहेको चितवन ३ (१) का उम्मेदवार डा। सुर्यकान्त घिमिरेले बताए । युवा स्वरोजगार, सुरक्षासहित युवाको उपयोग निति लिईने उनले बताए ।गठबन्धन अन्तर्गत ३(२) का उम्मेदवार ठाकुर प्रसाद ढकालले निर्वाचनमा युवा परिचालन एवं सक्रियता आवश्यक रहेको बताए ।