चितवनः सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम जोशीले बिकासका लागि सत्ता गठवन्धनका उम्मेदवारहरुले जित निकाल्न जरुरी रहेको बताउनुभएको छ । नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ३ मा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले बिकास, सम्बृद्धि र लोकतन्त्रको रक्षाका लागि गठवन्धनका उम्मेदवारले जित्नु आबश्यक रहेको बताउनुभयो ।
अहिले लोकतन्त्रको रक्षा गर्दै बिकासका कामहरु गर्ने समय आएको उहाँको भनाई थियो । शिक्षा स्वास्थ्य क्षेत्रको सुधार संगै बिकास निर्माणका कामहरुलाई समेत प्रथामिकतामा राख्ने समय आएको उहाँले बताउनुभयो । बिकास निर्माणका कार्यमा हुने गरेको भ्रष्टाचारका कार्यहरुलाई निरुत्साहित गर्नु आफ्नो मुख्य जिम्मेवारी रहेको उहाँको भनाई थियो । मतदाताले आफ्नो पक्षमा मतदान गरेर बिजयी वनाए संगै योजनाबद्ध तवरले बिकास निर्माणका काम गरिने जोशीले बताउनुभयो ।
बिकास प्रेमी नेताको रुपमा चिनिनु हुने जोशी निर्वाचनका लागि घरदैलो अभियानमा व्यस्थ रहनु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का क्षेत्रका क्षेत्रीय सभापति भरत लामिछाने लगाएतले बोल्नुभएको थियो ।