गोरखा । नेपाल समाजवादी पाटी (नेसपा)का पोलिटब्युरो सदस्य विनोद कुमार गुरुङले प्रचण्ड विरुद्ध गोरखा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।
पार्टीमा चितवन २ वा गोरखा २ बाट टिकटको माग गर्दै आएका गुरुङले टिकट नपाएपछि अन्तत ःगोरखाबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
गोरखामा परिचित अनुहार गुरुङ जनयुद्धकाल देखि नै माओवादी आन्दोलनमा सक्रिय व्यक्ति हुन । त्यसको केही समय पछि भने उनी बाबुराम भट्टराईसँग विभाजनमा लागेका थिए । नेपाल भारत आदिबासी जनजाति मैत्री संघका राष्ट्रिय अध्यक्ष समेत रहेका गुरुङले भुकम्पको बेला गोरखा पुर्याएको सहयोग अतुलनीय छ ।
पाटीको पोलिटब्युरो सदस्य नेपाल भारत आदिबासी जनजाति मैत्री संघ का केन्द्रीय राष्ट्रिय अध्यक्ष , माओबादी पार्टीले उठाएको राजनीतिक तथा संवैधानिक एजेन्डा छोडेकाले वैकल्पिक नयाँ शक्ति पाटी निर्माण गरेर संस्थापक सदस्य भई प्रतिनिधी सभा सदस्य २०७४ मा चितवन क्षेत्र नम्बर २मा उनले उम्मेदवार पनि दिएका थिए ।
पछिल्लो समय बाबुरामको अस्थिर राजनीतिबाट गुरुङ छायामा परे पनि आफ्नो सक्रियता घटाएका छैनन ।