चितवन । लेदोसहितको पहिरो खस्दा नारायणगढ– मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ८ बजेर २० मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा पहिरो जांँदा दुईतर्फी रुपमा बाटो अवरुद्ध भएको हो ।
बुधबार राती देखि परेको अविरल बर्षाका कारण उक्त स्थानमा पहिरो गएको हो ।
अहिले प्रहरी चौकी जुगेडी र ईलाका प्रहरी कार्यालय मुग्लिनको टोलीले सडक डिभिजन कार्यालय संँग समन्वय गरेर बाटो खुलाउने पहल भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु