चितवन । चितवनका फोटोग्राफरलाई फोटोग्राफी सम्बन्धी तालिम दिईएको छ । उद्योग वाणिज्य संघ, चितवनको आयोजना र चितवन साइकल राईडर्स क्लब एण्ड दिव्यज्ञान केन्द्रको सहआयोजनामा बिहीबार नारायणगढमा तालिम दिईएको हो । तालिममा प्रशिक्षण व्यवसायिक फोटोग्राफर किशोर श्रेष्ठले दिएका थिए ।
सो अवसरमा प्रशिक्षण दिंँदै श्रेष्ठले फोटोग्राफरले क्रियटिभ र आकर्षक फोटो खिच्नुपर्नेमा जोड दिए । ‘फोटो जोसुकैले पनि खिच्छ, क्यामरा जसले पनि चलाउन सक्छ । तर त्यो फोटोग्राफरले कुन एन्गलले खिच्छ । फोटोले के सन्देश दिन्छ र कस्तो कथा भनेको छ महत्वपूर्ण कुरा हो । श्रेष्ठले भने ।
अबको फोटोग्राफरले लाईट र स्याडोको सन्तुलन कायम गरी फोटो खिच्नु पर्ने बताए । फोटोग्राफी कला र विज्ञानको संयोजन भएको भन्दै उनले एउटै फोटो हजार शब्द भन्दा बढी सन्देशमुलक र शक्तिशाली हुने बताए । प्रविधिसंँगै मानिसको चाहना र आवश्यकता पनि बढ्दै गएकोले फोटोग्राफर आफै सिर्जनशील हुनुपर्ने श्रेष्ठको भनाई थियो ।
सो अवसरमा बोल्दै उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आजको नयांँ प्रविधिको युगमा फोटोग्राफीको संभावना र महत्व बढ्दै गएको बताए । एउटै फोटोबाट धेरै कुराको जानकारी र शक्तिशाली हुने उनले बताए । फोटाग्राफीलाई व्यवसायिकरण गरी फोटो सेसन, र फोटोग्राफी प्रतियोगिताका साथै फोटोग्राफी एक्जिविसन गर्न सकिने उनको भनाई थियो । आगामी दिनमा पनि संघले रचनात्मक र सिर्जनात्मक काममा निरन्तर सहयोग गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे।
चितवन फोटोग्राफी संघका अध्यक्ष ध्रुव सापकोटाले संघले यस्ता तालिम र अन्र्तक्रिया कार्यक्रममा फोटोग्राफरलाई सहभागी गराउंँदै लैजाने बताए । फोटोग्राफीहरु संगठित र व्यवसायिक बन्नुपर्नेमा जोड दिदै उनले आगामी दिनमा पनि उवासंघ, स्थानीय निकायसंँग समन्वय गरी व्यवसायिक फोटोग्राफी तालिमलाई निरन्तरता दिदै जाने उनको भनाई थियो ।
कार्यक्रममा फोटोग्राफी सम्बन्धि व्यवसायी, चितवन राईडर्स क्लबका प्रतिनिधि दिव्य ज्ञान केन्द्रका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
उवासंघका गणेश सुवेदीले सञ्चालन गरेको कार्यक्रममा राईडर्स क्लबका अध्यक्ष नवीन खरेलले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।