चितवन । चितवनमा दुई महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु १६१ जना घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक बर्ष ०७९, ८० साउन र भदौ महिनामा उक्त संख्यामा दुर्घटना भएको हो ।
भित्री सडकमा बढी मृत्यु शहरी सडकमा कम
आव ०७९,८०को दुई महिनाको अवधिमा सबैभन्दा बढी भित्री सडकमा ६ जनाको मृत्यु र सबै भन्दा कम शहरी क्षेत्रमा एकजनाको मृत्यु भएको छ । सो अवधिमा भित्री सडकमा ६४ जनाको मृत्यु र शहरी सडकमा ११ जनाको मृत्यु भएको छ । यस्तै दुई महिनामा पृथ्वी राजमार्गमा तीनजनाको मृत्यु २६ जना घाईते , नारायणगढ मुग्लिन सडकमा ३ जनाको मृत्यु १८ जना घाईते र पुर्व पश्चिम राजमार्गमा दुईजनाको मृत्यु २१ जना घाईते भएको कार्यालयले जनाएको छ । दुई महिनाको अवधिमा ७१ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।
कार्यालय प्रमुख धर्म बहादुर अधिकारीले शहरीखण्डमा भन्दा भित्री सडकमा ट्राफिक नियम उल्लंघनका घटना बढी हुने भएकोले मानवीय क्षति पनि भित्री सडकमा हुने बताउनु भयो । ‘भित्री सडकमा ट्राफिक नियम उल्लंघन र लापरवाही बढी हुने गरेको छ , उहांँले भन्नुभयो, भित्री सडकमा ट्राफिकको कम पहुंँच र भित्री सडकको संरचना पनि कमजोर हुन्छ ।’ भित्री सडकमा भएका दुर्घटनामा अधिकांश चालकले मापसे, विना अनुमति पत्र, घुम्ती सडक, तीब्र गतिका कारण दुर्घटना शहरी सडकभन्दा बढी भित्री सडकमा हुने गरेको अधिकारीको भनाई छ ।