चितवन । बजाज कम्पनीका ग्राहकले अब अफरै अफर र छुटको सुविधा पाउने भएका छन । आजबाट देशैभरका डिलरमा लागुहुनेगरी बजाजका जुनसुकै मोडल र ब्राण्ड खरीद गरेका ग्राहकले अफर र छुट पाउने भएका हुन् ।
भरतपुरको हाकिमचोकमा रहेको एनके मोटर्सले पनि यो योजनालाई लागु गरेको छ । सोही बमोजिम आजदेखि ग्राहकलाई आजदेखि असोज ७ गतेसम्म छुट र अफर दिईएको डिलरका सञ्चालक पदमराज कंडेलले जानकारी दिनुभयो । अप्ठ्यारोमा सघाउंँदै चाडपर्वको यात्रालाई टेन्सनमुक्त बनाउंँदै भन्ने मुल नाराका साथ चितवनमा पनि यो सुविधा लागु गरिएको कंडेलले बताउनु भयो ।
उहांँका अनुसार बजाज कम्पनीको सबै मोडल र बा्रण्डमा निशुल्क सर्भिसिङ्ग, मर्मतसम्भारमा ५० प्रतिशत छुट, लुब्रीकेन्टसमा २५ प्रतिशत छुट र पार्टसमा १० प्रतिशत छुट र युरोग्रिप टायरमा १० प्रतिशत छुट गरिएको हो ।
यो अफर लागु भएसंँगै दैनिक ५० भन्दा बढी ग्राहकले यो सुविधा लिने गरेको उहांँले बताउनु भयो । केही दिन अघि कम्पनी एनएस १२५ मोडलको बाईक सार्वजिनक गरेको थियो ।
डिलरमा झण्डै दर्जन मोडलका बाइकहरु बिक्री हुंँदै आएको छ । न्यूनवर्गदेखि उच्च वर्ग सम्मलाई लक्षित गर्दै यहांँ एकलाख देखि सवा ६ लाख रुपैयांँका बाइकहरु पाईने सञ्चालक कंडेलले जानकारी दिनुभयो ।