चितवन । बजार कम्पनीको आधिकारिक बिक्रेता एनएसके मोटर्स भरतपुरले चौबीसकोठीमा एनएस १२५ विएस ६ मोडलको पल्सर मोटरसाईकल सार्वजनिक गरेको छ । आज (शुक्रबार) सांँझ प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र बजाजका सेल्स प्रमुख श्रीधर भण्डारीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । सो अवसरमा बोल्दै खनालले वडा नम्बर १०
हाकिमचोकमा रहेको एन के मोटरसले सांँगितिक कार्यक्रम सहितको कार्यक्रम गरी प्रमुख अतिथि बनाएको खुशी व्यक्त गरे । उनले सकारात्मक सोच र काम बाट परिर्र्वतन सम्भव हुने बताए । ‘सकारात्मक सोच र कामबाटनै परिवर्तन सम्भव छ ।’ खनालले भने । समाज परिवर्तनमा पनि हरेक नागिरकको दायित्व र भूमिका उत्तिकै हुने उनको भनाई थियो । सो अबसरमा चर्चित गायक चर्चित गायक प्रमोद खरेल , टिका प्रसाईंले सांँगितिक प्रस्तुतिका साथै र हास्य कलाकार सुमन कार्कीले हास्य प्रहसन गरेका थिए ।
कार्यक्रममा एनके मोटर्सका सञ्चालक पदमराज कंडेल, आरुषी मिडीया एण्ड ईन्टरटेन प्रालिका अध्यक्ष सन्तोष बस्ताकोटी, अतिथि लगायत कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सयौंको संख्यामा दर्शकले साथ दिएका थिए ।
दशैं, तिहार, छडको अवसरमा कम्पनीले उक्त मोडलको मोटरसाईलको बिक्रीका लागि ‘आधाको आधानै काफी छ’ भन्ने स्लोगनका साथ अफर दिने भएको हो । जसअनुसार सेवाग्राहीले मोटरसाइकलको कुल मुल्यको २५ प्रतिशत डाउन पेमेन्ट गरी मोटरसाइकल लैजान सक्नेछन ।
यो मोडलको मोटरसाइकलमा ४ स्ट्रोक , सक २ भल्भ एयर कुल्ड , पांँच गियर, फ्रन्ट डिस्क ब्रेक , ट्युबलेस टायर लगायतका बिशेषता छन । प्रतिलिटर ६५ किलोमिटर सम्म माइलेज दिने यो मोटरसाइकलको मुल्य २ लाख ७९ हजार ९सय रुपैंया तोकिएको छ ।